• मंसिर १४, २०८२
  • No Comment
  • 151

पार्टी कार्यालयमै एमाले नेता कर्ण थापामाथि दुर्व्यवहार

काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापामाथि पार्टी कार्यालय, च्यासलमै दुर्व्यवहार भएको छ। कार्यालयबाट निस्कने क्रममा केही व्यक्तिहरूले थापामाथि धकेलमुक्कजस्तो गरेको दृश्यसमेत सार्वजनिक भएको छ।

थापामाथि दुर्व्यवहार गर्नेहरू अध्यक्ष केपी शर्मा ओलीको सुरक्षार्थ परिचालित व्यक्तिहरू रहेको थापाले बताए। उनका अनुसार अध्यक्षले नै बोलाएपछि कार्यालयतर्फ जाँदै गर्दा आफूले असामान्य व्यवहार भोग्नुपरेको हो।

“पार्टी अध्यक्षले नै आउनुस् भन्नुभएकाले जाँदै थिएँ। तर उहाँको सुरक्षार्थ भनेर गलत पृष्ठभूमिका मानिसहरू खटिएका रहेछन्, उनीहरूले राजनीतिक व्यवहार गर्न जानेनन्,” थापाले प्रतिक्रिया दिए।

उनले ओली वरिपरि रहेका सुरक्षामा खटिएका व्यक्तिहरूको गैरराजनीतिक व्यवहारले पार्टीकै छवि बिग्रिरहेको पनि आरोप लगाए।

यता, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने यस घटनालाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्। “यो सामान्य कुरा हो। अध्यक्षको सुरक्षार्थ खटिएकाहरूले यति गर्ने नै भए,” उनले टिप्पणी गरे।

दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि पार्टीभित्रै यस विषयमा छलफल र आलोचना भइरहेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *