• मंसिर १४, २०८२
  • No Comment
  • 191

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित मायादेवी गाउँपालिकामा कार्यरत रहेर सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार आरोपितमध्ये प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, प्रमेश्वर यादव र कृष्णप्रसाद तिमिल्सिना रहेका छन्। उनीहरूसँगै तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, अधिकृत छैठौँ महेन्द्र प्रसाद यादव, लेखापाल तुल्सीराम पौडेल र सहायक पाँचौँ गिरीराज गौतम पनि प्रतिवादीमा परेका छन्।

उनीहरूविरुद्ध कूल ४६ लाख ७ हजार ३०० रुपैयाँ बिगो माग गरिएको आयोगले जनाएको छ। व्यक्तिगत रूपमा रामचन्द्र ढकालसँग २० लाख १७ हजार ३००, प्रमेश्वर यादवसँग १५ लाख ९० हजार, कृष्णप्रसाद तिमिल्सिनासँग १० लाख, प्रकाश गौतमसँग १५ लाख ६० हजार, महेन्द्र प्रसाद यादवसँग ४६ लाख ७ हजार ३००, तुल्सीराम पौडेलसँग १९ लाख १७ हजार ३०० र गिरीराज गौतमसँग १४ लाख १० हजार रुपैयाँ विगो माग गरिएको छ।

आयोगका अनुसार स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न भन्दै पेश्की लिइए पनि तोकिएका कार्यक्रमहरू नचलाई आपसी मिलेमतोमा रकम हिनामिना गरिएको प्रमाण देखिएको छ। बदनीयत राखी पटक–पटक पेश्की लिइ–दिइ कार्यक्रम नै सञ्चालन नगरी ४६ लाख ७ हजार ३०० रुपैयाँ हिनामिना गरेको ठहर परेपछि उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *