• मंसिर १४, २०८२
  • No Comment
  • 105

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित मायादेवी गाउँपालिकामा कार्यरत रहेर सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार आरोपितमध्ये प्रमुख प्रशासकीय अधिकृतहरू रामचन्द्र ढकाल, प्रमेश्वर यादव र कृष्णप्रसाद तिमिल्सिना रहेका छन्। उनीहरूसँगै तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, अधिकृत छैठौँ महेन्द्र प्रसाद यादव, लेखापाल तुल्सीराम पौडेल र सहायक पाँचौँ गिरीराज गौतम पनि प्रतिवादीमा परेका छन्।

उनीहरूविरुद्ध कूल ४६ लाख ७ हजार ३०० रुपैयाँ बिगो माग गरिएको आयोगले जनाएको छ। व्यक्तिगत रूपमा रामचन्द्र ढकालसँग २० लाख १७ हजार ३००, प्रमेश्वर यादवसँग १५ लाख ९० हजार, कृष्णप्रसाद तिमिल्सिनासँग १० लाख, प्रकाश गौतमसँग १५ लाख ६० हजार, महेन्द्र प्रसाद यादवसँग ४६ लाख ७ हजार ३००, तुल्सीराम पौडेलसँग १९ लाख १७ हजार ३०० र गिरीराज गौतमसँग १४ लाख १० हजार रुपैयाँ विगो माग गरिएको छ।

आयोगका अनुसार स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न भन्दै पेश्की लिइए पनि तोकिएका कार्यक्रमहरू नचलाई आपसी मिलेमतोमा रकम हिनामिना गरिएको प्रमाण देखिएको छ। बदनीयत राखी पटक–पटक पेश्की लिइ–दिइ कार्यक्रम नै सञ्चालन नगरी ४६ लाख ७ हजार ३०० रुपैयाँ हिनामिना गरेको ठहर परेपछि उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *