• मंसिर १४, २०८२
  • No Comment
  • 47

जागिरबाट निकालेको रिसले सहकर्मीबाटै व्यवस्थापकको हत्या

बारा — बाराको प्रसौनी गाउँपालिका–६ भलुहीस्थित किरण वेभरेज नेपाल प्रालिमा पानी उद्योगका व्यवस्थापक राम किशोर सिंहको हत्या उनकै सहकर्मीले गरेको प्रहरीले जनाएकाे छ। घटना भएको दुई दिनपछि जिल्ला प्रहरी कार्यालय बाराले आइतबार विज्ञप्ति जारी गर्दै वीरगञ्ज–२२ का २१ वर्षिय राजन कुमार राम र २१ वर्षिय प्रमोद साह तुरहाले हत्या गरेको निष्कर्ष अनुसन्धानबाट आएको जनाएको हो।

प्रहरीका अनुसार कामबाट बारम्बार हुने विवाद र अन्तिम पटक निकालेको रिसकै कारण दुवैले मिलेमतोमा हत्या गरेका थिए। घटना भएको साँझ राम किशोर, राजन र प्रमोद सँगै बसेर मदिरा सेवन गरेका थिए। त्यही क्रममा पुगेको विवादले हिंसात्मक रूप लिएपछि दुवैले राम किशोरको हत्या गरेको स्वीकृति दिएका छन्।

प्रमोद उद्योगमा चालकका रूपमा कार्यरत थिए। गत वर्ष गढीमाई मेलाका बेला गाडीको क्लच प्लेट बिग्रिएपछि राम किशोर र राजनबीच झगडा भएको र त्यसपछि राजनले काम छाडेको प्रहरीले जनाएको छ। पछि पुनः काममा फर्किएका राजनले कम्पनीले तोकेको ११० रुपैयाँको पानी बजारमा ११५–१२० रुपैयाँमा बेच्दै व्यक्तिगत लाभ लिँदै आएको कुरा थाहा पाएपछि व्यवस्थापकसँग पुनः विवाद चर्किएको थियो। यही विवादका कारण राजनलाई फेरि कामबाट हटाइएको थियो।

त्यसपछि दुवैले मिलेर हत्याको योजना बनाएको प्रहरीको दाबी छ। घटना भएकाे दिन नै आरोपी दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *