• मंसिर १३, २०८२
  • No Comment
  • 177

सुर्खेतमा स्कुटी दुर्घटनामा परी सञ्चारकर्मी वीरेन्द्र आचार्यको मृत्यु

सुर्खेत – सुर्खेतमा सडक दुर्घटनामा प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर सञ्चारकर्मी वीरेन्द्र आचार्यको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार साँझ वीरेन्द्रनगर नगरपालिका–२ नम्बर वडा कार्यालयअगाडि लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटीमा सवार आचार्यलाई कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका आचार्यको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। सञ्चार क्षेत्रका सक्रिय एवं इमानदार व्यक्तित्वका रूपमा रहे आएका आचार्यको आकस्मिक निधनले पत्रकारिता क्षेत्र शोकमग्न बनेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *