- मंसिर १२, २०८२
- No Comment
- 72
पूर्व एआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश
काठमाडौँ – नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। पार्टीका प्रवक्ता मनिष झाले पोखरेलसहितको प्रवेश कार्यक्रम आजै रास्वपा केन्द्रीय कार्यालयमा आयोजना गरिएको जानकारी दिए।
प्रहरी सेवामा उत्कृष्ट र स्वच्छ छविका अधिकारीका रूपमा चिनिने पोखरेललाई आफ्नो कार्यकालमा नेपाल प्रहरीको आइजीपीका मुख्य दाबेदारका रूपमा हेरिएको थियो। तर तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्णय गर्दै सिनियरिटी सूचीमा अगाडि रहे पनि उनलाई रोक्दै १७ महिना जुनियर धिरज प्रताप सिंहलाई आइजीपीमा नियुक्त गरेको थियो।
रास्वपामा पोखरेलको प्रवेशलाई पार्टीभित्र सुरक्षा क्षेत्रमा अनुभवसहितको सशक्त थप रूपमा व्याख्या गरिएको छ।