• मंसिर १२, २०८२
  • No Comment
  • 146

पूर्व एआईजी विश्वराज पोखरेल रास्वपा प्रवेश

काठमाडौँ – नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। पार्टीका प्रवक्ता मनिष झाले पोखरेलसहितको प्रवेश कार्यक्रम आजै रास्वपा केन्द्रीय कार्यालयमा आयोजना गरिएको जानकारी दिए।

प्रहरी सेवामा उत्कृष्ट र स्वच्छ छविका अधिकारीका रूपमा चिनिने पोखरेललाई आफ्नो कार्यकालमा नेपाल प्रहरीको आइजीपीका मुख्य दाबेदारका रूपमा हेरिएको थियो। तर तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्णय गर्दै सिनियरिटी सूचीमा अगाडि रहे पनि उनलाई रोक्दै १७ महिना जुनियर धिरज प्रताप सिंहलाई आइजीपीमा नियुक्त गरेको थियो।

रास्वपामा पोखरेलको प्रवेशलाई पार्टीभित्र सुरक्षा क्षेत्रमा अनुभवसहितको सशक्त थप रूपमा व्याख्या गरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *