• मंसिर १२, २०८२
  • No Comment
  • 127

एनपीएल : जित्नैपर्ने दबाबमा काठमाडौँले चितवनको र कर्णालीले विराटनगरको सामना गर्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (शुक्रवार) दुई महत्वपूर्ण खेल हुँदैछन्। दुवै खेल प्लेअफ समीकरणका दृष्टिले निर्णायक मानिएका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच हुनेछ। चितवन हाल चार अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। त्यसैले जितसँगै उसले प्लेअफ नजिक पुग्नेछ।
उता, काठमाडौँले प्रतियोगितामा दुई अंक मात्र जोडेको छ । प्लेअफ सम्भावना जोगाइराख्न काठमाडौँका लागि आजको खेल ‘कर या मर’ सरह रहेको छ।

आजै अपराह्न ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्। तीन खेलमा दुई अंक मात्र हासिल गरेको कर्णालीलाई प्लेअफ सम्भावना जोगाउन अनिवार्य रूपमा जित आवश्यक छ।
विराटनगर भने चार खेलबाट छ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। आज जित हासिल गरे प्लेअफ यात्रा झनै सहज हुनेछ।

शुक्रबारका दुवै खेलले प्लेअफको चित्र झनै स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *