• मंसिर १२, २०८२
  • No Comment
  • 54

एनपीएल : जित्नैपर्ने दबाबमा काठमाडौँले चितवनको र कर्णालीले विराटनगरको सामना गर्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज (शुक्रवार) दुई महत्वपूर्ण खेल हुँदैछन्। दुवै खेल प्लेअफ समीकरणका दृष्टिले निर्णायक मानिएका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच हुनेछ। चितवन हाल चार अंकसहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। त्यसैले जितसँगै उसले प्लेअफ नजिक पुग्नेछ।
उता, काठमाडौँले प्रतियोगितामा दुई अंक मात्र जोडेको छ । प्लेअफ सम्भावना जोगाइराख्न काठमाडौँका लागि आजको खेल ‘कर या मर’ सरह रहेको छ।

आजै अपराह्न ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्। तीन खेलमा दुई अंक मात्र हासिल गरेको कर्णालीलाई प्लेअफ सम्भावना जोगाउन अनिवार्य रूपमा जित आवश्यक छ।
विराटनगर भने चार खेलबाट छ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। आज जित हासिल गरे प्लेअफ यात्रा झनै सहज हुनेछ।

शुक्रबारका दुवै खेलले प्लेअफको चित्र झनै स्पष्ट बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *