• मंसिर ११, २०८२
  • No Comment
  • 116

पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौँ — सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले बिहीबार महरालाई धरौटीमा छाड्ने निर्णय सुनाएको हो।
महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २६ गते पक्राउ गरेको थियो। त्यसपछि असोज २९ गते जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
तर उच्च अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार जिल्ला अदालतको आदेश नमिलेको ठहर गर्दै थुनामा पठाउने आदेश बदर गरेको हो।
उच्च अदालतको यो आदेशसँगै महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने भएका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *