- मंसिर ११, २०८२
- No Comment
- 40
पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश
काठमाडौँ — सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले बिहीबार महरालाई धरौटीमा छाड्ने निर्णय सुनाएको हो।
महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत असोज २६ गते पक्राउ गरेको थियो। त्यसपछि असोज २९ गते जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
तर उच्च अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार जिल्ला अदालतको आदेश नमिलेको ठहर गर्दै थुनामा पठाउने आदेश बदर गरेको हो।
उच्च अदालतको यो आदेशसँगै महरा २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने भएका छन्।