- मंसिर ११, २०८२
- No Comment
- 54
हङकङमा भीषण आगलागी : मृत्यु ४४ पुग्यो, २७९ जना सम्पर्कविहीन
हङकङको ताई पो जिल्लामा भएको भीषण आगलागीका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ। विभिन्न अग्ला आवासीय अपार्टमेन्टमा फैलिएको आगोमा परी ४५ जना गम्भीर घाइते भएका छन् भने २७९ जना अझैसम्म सम्पर्कविहीन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बीबीसीका अनुसार वांग फुक कोर्ट क्षेत्रमा रहेका आठवटा भवनमा एकैपटक आगो फैलिएको थियो। आगो नियन्त्रणका लागि ८०० भन्दा बढी अग्नि–नियन्त्रक खटाइएकाले उद्धार कार्य जारी छ।
बिहानसम्म पनि केही भवनबाट बाक्लो धुवाँ निस्किरहेकाले नियन्त्रण प्रक्रिया चुनौतीपूर्ण बनेको अधिकारीको भनाइ छ। चार वटा भवनमा आगो नियन्त्रणमा आइसके पनि बाँकी भवनमा अझै जोखिम कायमै छ।
आगो पूर्ण रूपमा नियन्त्रणमा लिन आज दिनभर लाग्ने अनुमान गरिएको छ। प्रभावित आवासीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ सार्ने काम पनि निरन्तर भइरहेको छ।