• मंसिर ११, २०८२
  • No Comment
  • 125

हङकङमा भीषण आगलागी : मृत्यु ४४ पुग्यो, २७९ जना सम्पर्कविहीन

हङकङको ताई पो जिल्लामा भएको भीषण आगलागीका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ। विभिन्न अग्ला आवासीय अपार्टमेन्टमा फैलिएको आगोमा परी ४५ जना गम्भीर घाइते भएका छन् भने २७९ जना अझैसम्म सम्पर्कविहीन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बीबीसीका अनुसार वांग फुक कोर्ट क्षेत्रमा रहेका आठवटा भवनमा एकैपटक आगो फैलिएको थियो। आगो नियन्त्रणका लागि ८०० भन्दा बढी अग्नि–नियन्त्रक खटाइएकाले उद्धार कार्य जारी छ।

बिहानसम्म पनि केही भवनबाट बाक्लो धुवाँ निस्किरहेकाले नियन्त्रण प्रक्रिया चुनौतीपूर्ण बनेको अधिकारीको भनाइ छ। चार वटा भवनमा आगो नियन्त्रणमा आइसके पनि बाँकी भवनमा अझै जोखिम कायमै छ।

आगो पूर्ण रूपमा नियन्त्रणमा लिन आज दिनभर लाग्ने अनुमान गरिएको छ। प्रभावित आवासीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ सार्ने काम पनि निरन्तर भइरहेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *