• मंसिर १०, २०८२
  • No Comment
  • 118

मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता प्रदान गर्ने निर्णय

जनकपुरधाम। मधेस प्रदेश सरकारले स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को पहिलो बैठकमा पारित उक्त निर्णय सार्वजनिक गरेका हुन्।

सरकारका अनुसार १८ देखि ३५ वर्ष उमेर समूहका स्नातक तह उत्तीर्ण तर कुनै पनि रोजगारीमा संलग्न नभएका युवालाई जीवन निर्वाहका लागि मासिक २ हजार रुपैयाँ वितरण गरिनेछ। प्रदेशमा करिब १ लाख ५० हजार स्नातक बेरोजगार युवा रहेको अनुमान छ।

यसैगरी, बैठकले खडेरी र डुबानका कारण धानबालीमा ठूलो क्षति व्यहोरेका किसानलाई प्रतिकट्ठा १ हजार ५०० रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ। किसान राहतका लागि करिब ३६ करोड रुपैयाँ र बेरोजगार भत्ता कार्यक्रमका लागि करिब ३५ करोड रुपैयाँ खर्च हुने अनुमान मुख्यमन्त्री यादवले जानकारी दिए।

यस वर्ष लामो समय खडेरीको मारमा परेका मधेस प्रदेशका किसानहरू असोजमा परेको अविरल वर्षाले पुनः डुबानमा परेका थिए। मनसुन अवधिभर खडेरी कायम रहेपछि प्रदेश सरकारले मधेसका जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *