• मंसिर १०, २०८२
  • No Comment
  • 123

बालेन, कुलमान र सुदनलाई पक्राउ गर्न एमाले नेता महेश बस्नेतको माग

काठमाडौं, १० मंसिर। नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले उर्जामन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरका प्रमुख बालेन शाह र ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङलाई पक्राउ गरेर छानबिन गर्न माग गरेका छन्।

बस्नेत धनगढीमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमका लागि पुगेका बेला केही जेनजी युवाहरूले कालो पट्टी बाँधी विरोध जनाएका थिए। सडक अवरुद्ध गर्ने प्रयास भएको उनले आरोप लगाउँदै त्यसप्रति असन्तुष्टि व्यक्त गरे।

सो घटनापछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै युवाहरूले कार्यक्रमस्थलतर्फ जाँदै गर्दा सडक रोक्ने प्रयास गर्नेलाई प्रतिरोध गरेको दाबी गरेका छन्। उनले प्रहरी प्रशासनले देखाएको ‘उच्च सतर्कता र जिम्मेवारी’ का कारण कुनै अप्रिय घटना नभएको उल्लेख गर्दै धन्यवाद दिएका छन्।

जेनजी समूहलाई अराजक र उत्तेजक बनाइ बस्नेतको कार्यक्रममा अवरोध पुर्‍याउने षड्यन्त्र बालेन शाह, कुलमान घिसिङ र सुदन गुरुङले मिलेर गरेको आरोप पनि उनले लगाएका छन्। बस्नेतले ती तीनै जनालाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *