- मंसिर १०, २०८२
- No Comment
- 113
सर्वोच्च अदालत आगजनीकाे आराेपमा ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ

काठमाडौं। सर्वोच्च अदालतमा लगाइएका आगजनीको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति विष्णु ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ।
उनीलाई चितवनबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले खोजतलासपछि ढुंगेललाई नियन्त्रणमा लिएको हो।
सर्वोच्च अदालतमा आगजनी हुनु केही समयअघि ढुंगेलले दिएको एक भिडियो सार्वजनिक भएको थियो, जसपछि उनका गतिविधि र सम्भावित संलग्नताबारे प्रहरी अनुसन्धान तीव्र बनेको थियो।
प्रहरीका अनुसार घटना सम्बन्धी थप विवरण र संलग्नताबारे अनुसन्धान जारी छ।



