• मंसिर १०, २०८२
  • No Comment
  • 141

जाडो माैसममा अनुहारको चमक जोगाउन डाक्टरका ४ प्रभावकारी उपाय

१० मंसिर । जाडो बढेसँगै धेरैको अनुहार सुख्खा, फुस्रो र तानिने समस्या देखिन्छ। चिसो हावा र कम आर्द्रताले छालालाई कमजोर बनाउने भएकाले यस मौसममा विशेष ध्यान आवश्यक हुने चिकित्सकहरू बताउँछन्। त्वचा रोग विशेषज्ञ डा. अशुम्ता सिंहले जाडोयामामा अनुहारको चमक कायम राख्न अपनाउन सकिने चार प्राकृतिक उपाय सुझाएकी छिन्।

१. दुधको तर–महको लेप
डा. सिंहका अनुसार दुधको तरमा प्रशस्त मोइस्चराइजिङ तत्व हुन्छ, जसले छालालाई कोमल र चिप्लो बनाइराख्छ। दुधको तर र मह बराबर मात्रामा मिसाइएको लेप १५ मिनेट अनुहारमा लगाई मनतातो पानीले धुने हो भने अनुहारमा चमक बढ्ने बताइन्छ। महले छालालाई ब्याक्टेरियाबाट जोगाउन मद्दत गर्छ।

२. सुन्तलाको बोक्रा र दुधको मास्क
भिटामिन–सी युक्त सुन्तलाको बोक्रा छालाका लागि उपयोगी मानिन्छ। बोक्रा सुकाएर पिसेको धुलोमा एक अण्डाको सेतो भाग र एक ठूलो चम्चा काँचो दुध मिसाई बनाइएको मास्क हप्तामा एकपटक प्रयोग गर्न चिकित्सकको सुझाव छ। यसले छालालाई टाइट र चम्किलो बनाउने विश्वास गरिन्छ।

३. केरा र दुधको मिश्रण
जाडोमा बढी हुने सुख्खापन रोक्न केरा प्रभावकारी हुने डाक्टरहरू बताउँछन्। केराले मृत छालाका कोष हटाउन मद्दत गर्छ भने दुधले छालालाई पोषण दिन्छ। आधा केरा, चौथाई कप दुध तथा केही थोपा मह मिसाएर बनाइएको लेप अनुहारमा लगाई पानीले धुने गर्दा राम्रो परिणाम देखिने बताइन्छ। तेलिलो छालाका लागि गुलाबजल थप गर्न सकिन्छ। हप्तामा दुईपटक प्रयोग गर्न सिफारिस गरिन्छ।

४. मेवा–केराको लेप
सुख्खा छालालाई प्राकृतिक रूपमा हाइड्रेट गर्न मेवा उपयोगी हुने बताइन्छ। मेवा र केरा बराबर मात्रामा मिसाई अनुहारदेखि गर्धनसम्म लगाइ १५–२० मिनेट राखेपछि मनतातो पानीले धुने हो भने छालामा चमक आउने डा. सिंहको सुझाव छ। यो लेप पनि हप्तामा दुईपटक प्रयोग गर्न सकिन्छ।

डा. सिंहका अनुसार जाडोमा छालालाई पर्याप्त पोषण, नमी र सफाइ दिन सकेमा अनुहारको चमक र स्वास्थ्य दुवै जोगाउन सकिन्छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *