- मंसिर ९, २०८२
- No Comment
- 131
काठमाडौँबाट ९ किलो यार्सागुम्बा र २० लाख सहित २ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा अवैध जडीबुटी कारोबारमा संलग्न दुई जना व्यक्ति, यार्सागुम्बा र नगदसहित पक्राउ पक्राउ परेका छन । पक्राउ पर्नेमा चीनका ३७ वर्षीय एमए मसु र काठमाडौँ–३१ का ३६ वर्षीय नबिला बानु रहेका छन्।
प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नयाँबजार क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूसँग ९ किलो ३६० ग्राम अवैध यार्सागुम्बा, १५७ किलो बन लसुन, १०१ किलो सुकेका किराहरू, ७ किलो ९ सय ग्राम गुच्ची च्याउ, गुन्द्रुकजस्तै देखिने करिब ७.५ किलो नाम नखुलेको जडीबुटी, २ थान तौल मेसिन, १ थान क्यालकुलेटर, ३ थान मोबाइल फोन तथा नगद २० लाख रुपैयाँ बरामद गरिएको कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए।
उनीहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि डीभीजन वन कार्यालय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ।



