• मंसिर ९, २०८२
  • No Comment
  • 106

जेनजीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबारमा कडा सुरक्षा

काठमाडौं । ‘जेन–जी’को नाम उपयोग गर्दै विभिन्न समूह सिंहदरबार परिसरमा उच्छृंखल गतिविधि गर्न थालेपछि सिंहदरबारको सुरक्षा कडा बनाइएको छ। सुरक्षा स्रोतका अनुसार मूलद्वारदेखि भित्री क्षेत्रसम्म निगरानी बढाइएकाले बाहिरबाट प्रवेश प्रक्रिया कडाइ गरिएको छ।
प्रधानमन्त्रीलाई भेट्ने नाममा आएका केही समूहले अमर्यादित व्यवहार देखाउन थालेपछि प्रहरीले भीड नियन्त्रण गर्न सुरक्षा तैनाथी विस्तार गरेको हो। ज्ञापनपत्र बुझाउने भन्दै हो–हल्ला गर्ने समूह बढेपछि उनीहरूलाई दक्षिण गेटमै रोक्ने रणनीति अपनाइएको छ।
प्रधानमन्त्री कार्यालयको मुख्य गेटमा पनि थप प्रहरी परिचालन गरिएको छ। ‘जेन–जी’को नाममा विभिन्न स्वार्थ समूह सक्रिय भई सरकारलाई असहज स्थितिमा पुर्‍याउन खोजेको आरोपसहित कठोर निगरानीका निर्देशन दिइएको स्रोतको दाबी छ।
हिजो मिराज ढुंगाना, रविकिरण हमाललगायत व्यक्तिहरू गेटमै रोकिएपछि मागपत्र गेटमै टाँसेर फर्किएका थिए। यस्तै, भित्र प्रवेश गरेको एक समूहले प्रतीक्षा कक्षमै हुलहुज्जत गरेको घटना पनि सार्वजनिक भएको छ।
आज पनि मिराज ढुंगाना सहित प्रधानमन्त्रीलाई भेट्न गएको अर्को समूहलाई प्रवेशद्वारबाटै हटाइदिँदै प्रहरीले अनामनगरको पुलसम्म पु¥याएको स्रोतले जनाएको छ। सुरक्षा निकायका अनुसार अशान्ति हुन नदिन आगामी दिनमा पनि कडाइ कायम राखिनेछ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *