- मंसिर ९, २०८२
- No Comment
- 126
विराटनगरको प्लाष्टिक उद्योगमा आगलागी

विराटनगर – विराटनगर महानगरपालिका–७, सात घुम्ती नजिक रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको छ। केहीबेरअघि सुरु भएको आगो हालसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।
फ्याक्ट्रीभित्र आगो तेजीसँग दन्किरहेको र ठूलो धुवाँ निस्किरहेकाले आसपासको क्षेत्र जोखिममा परेको बताइएको छ। स्थानीयवासी र सुरक्षा निकायका टोलीले प्रारम्भिक चरणदेखि नै आगो निभाउने प्रयास गरे पनि जोरदार रूपमा फैलिएको आगो नियन्त्रणमा कठिनाइ भइरहेको प्रहरीले जानकारी दिएको छ।
आगो नियन्त्रणका लागि मोरङ मात्रै होइन, सुनसरीका विभिन्न पालिकाबाट समेत दमकल परिचालन गरिएको छ। थप सहायता टोली पनि मार्गमै रहेको बताइएको छ।
उद्योग नजिकका घर तथा व्यापारिक क्षेत्र उच्च जोखिममा परेकाले स्थानीयलाई सतर्क रहन अनुरोध गरिएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। प्रहरी र उद्धार टोलीले आगलागी नियन्त्रणसँगै क्षतिको विवरण संकलन गर्ने तयारी गरिरहेका छन्।



