• मंसिर ९, २०८२
  • No Comment
  • 128

रोमानियाको सडक दुर्घटनामा सर्लाहीका २५ वर्षीय सलिनको मृत्यु

सर्लाही – रोजगारीका लागि युरोप पुगेका सर्लाहीका २५ वर्षीय सलिन आले मगरको रोमानियामा सडक दुर्घटनामा मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका–६ का निवासी सलिन करिब १० महिनाअघि रोजगारका लागि रोमानियाको राजधानी बुखारेस्ट पुगेका थिए र त्यहाँको ‘पान फास्टफुड’मा कार्यरत थिए।

शुक्रबार साँझ बुखारेस्टको काला जिउलेस्ती क्षेत्रमा सडक पार गर्ने क्रममा विपरीत दिशाबाट उच्च गतिमा आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको रोमानियाली प्रहरी प्रशासनलाई उद्धृत गर्दै स्रोतले जनाएको छ। दुर्घटनाग्रस्त कार १८ वर्षीय स्थानीय युवकले चलाइरहेको विवरणमा उल्लेख गरिएको छ।

दुर्घटनापछि सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै उनको शव नेपाल पठाउने तयारी भइरहेको र घटनाबारे परिवारलाई औपचारिक जानकारी गराइएको परिवार स्रोतले जनाएको छ।

स्थानीय प्रशासनले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

Is this conversation help

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *