• मंसिर ९, २०८२
  • No Comment
  • 77

अदुवा स्वास्थ्यका लागी बहुगुणी

घर–घरको भान्सामा दैनिक प्रयोग हुने अदुवा केवल मसला मात्र नभई औषधीय गुणले भरिपूर्ण बहुउपयोगी पदार्थ साबित हुँदै आएको छ। विभिन्न अध्ययन तथा परम्परागत प्रयोगका आधारमा अदुवाले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने तथा विभिन्न स्वास्थ्य समस्या समाधानमा सहयोग गर्ने बताइन्छ।
घाँटी तथा छाती दुख्ने समस्या भएको अवस्थामा मनतातो पानीमा अदुवाको सानो टुक्रा मिसाएर पिउनाले आराम मिल्ने जनाइएको छ। यस्तै दम तथा खोकीबाट पीडित व्यक्तिले एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर विहान–वेलुका सेवन गर्दा लाभ हुने विश्वास गरिन्छ।
उल्टी हुन थालेका वा पेटमा असहजता महसुस हुने अवस्थामा अदुवा र प्याजको रस समान मात्रामा मिसाएर ३-३ घण्टाको फरकमा एक–एक चम्चा सेवन गर्दा सुधार हुने बताइन्छ। अदुवाको रसमा मिश्री मिलाएर पिउँदा पनि उल्टी रोकिन मद्दत गर्ने भनाइ छ।
हृदयसम्बन्धी समस्या भएका व्यक्तिलाई अदुवाको रस पानीमा मिसाएर पिउनाले फाइदा हुने दाबी गरिन्छ। अदुवाको सेवनले मुटु मजबुत हुने विश्वास रहेको छ।
उदरशूल रोकथामका लागि अदुवा र पुदिनाको रसमा सिरेनुन मिसाएर पिउन सुझाव दिइन्छ। शीतज्वर भएमा अदुवा–पुदिनाको काढा सेवन गर्दा पसिना आएर ज्वरो कम हुने जनाइएको छ।
पेट फुल्ने, ग्यास जम्ने समस्या भएमा अदुवाको रसमा हिंग र कालो नुन मिसाएर खाने अभ्यास लाभदायी मानिन्छ। त्यस्तै रुघाखोकीमा अदुवाको रसमा मह मिसाई सेवन गर्दा राहत मिल्ने बताइन्छ।
भोक नलाग्ने वा पेट सफा नहुने अवस्थामा अदुवामा नुन मिसाएर आठ दिनसम्म एक पटक सेवन गर्नाले पेट सफा हुने र भोक लाग्ने गरेको बताइन्छ।
यात्रा अघि अदुवा भएको चिया पिउँदा बाटोमा वान्ता वा असजिलोबाट बच्ने विश्वास छ। अधिक खानेकुरा खाएको बेला पनि अदुवाको चिया पाचनमा सहयोगी ठहरिन्छ।
अदुवाले शरीरमा हुने जलन, दुखाइ तथा मांसपेसी–जोर्नी पीडामा राहत दिने मान्यता छ। श्वासप्रश्वाससम्बन्धी समस्या तथा चिसो लाग्दा पनि अदुवाको चियाबाट लाभ पाइने जनाइएको छ। वातावरणीय एलर्जीमा समेत मद्दत गर्ने भनाइ छ।
अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडहरूले रगत सञ्चार सुधार गर्न सहयोग पुर्‍याउने मानिन्छ। यसले मुटु सम्बन्धी जोखिमहरू कम गर्न सक्ने विश्वास गरिएको छ।
महिनावारीको पीडामा अदुवाको चिया उपयोगी हुने तथा तनाव कम गर्न मद्दत गर्ने भनाइ छ। नियमित अदुवापानी सेवनले रगतमा सुगर लेभल नियन्त्रणमा राख्न सहयोग पु¥याउन सक्ने बताइन्छ, जसले डायबिटिज नियन्त्रणमा भूमिका खेल्न सक्छ।
विभिन्न औषधीय गुण समेटिएको अदुवा घरभित्रै सहज उपलब्ध हुने प्राकृतिक उपचारको स्रोतका रूपमा फैलिँदै गएको छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *