- मंसिर ७, २०८२
- No Comment
- 143
सुर्खेतमा मानव वेचविखन तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

सुर्खेत — सुर्खेतमा मानव वेचविखन तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । सुर्खेत जिल्ला अदालतबाट २० वर्ष कैद सजाय पाएर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ९ स्थायी घर भएका ४० वर्षीय कमल सुनारलाई शनिबार राति साढे ११ बजे गुर्भाकोट नगरपालिका वडा नम्बर १२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।
सुर्खेत जिल्ला अदालतले २०७९ भदौ ८ गते (०५/०८) मा सुनारलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजायको फैसला सुनाएको थियो। फैसलालगत्तै उनी फरार हुँदै आएका थिए।
पक्राउ परेका सुनारलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला अदालत सुर्खेतमा पेश गरिसकिएको सुर्खेत प्रहरीले जनाएकाे छ ।



