• मंसिर ५, २०८२
  • No Comment
  • 154

बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु

मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा छ जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ नागरिक घाइते भएका छन्। शुक्रबार राजधानी ढाकामा भवनहरू हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएको जनाइएको छ।

स्थानीय समयानुसार बिहान १०ः३८ बजे ढाकाबाट करिब २५ किलोमिटर टाढा पर्ने नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा भूकम्प गएको हो। यूएस जियोलोजिकल सर्वे (यूएसजीएस) का अनुसार यसको केन्द्रमुनि करिब १० किलोमिटर गहिराइमा रहेको थियो।
ढाकास्थित डिबिसी टेलिभिजनले कम्तीमा छ जनाको मृत्यु भएको पुष्टि गरेको छ। ढाकामा विभिन्न भवनका छाना तथा पर्खाल खस्दा तीन जनाको मृत्यु भएको र अर्को तीन जना पैदलयात्री भवनको रेलिङ खस्दा मरणासन्न भयकाले ज्यान गएको बताइएको छ।

यूएसजीएसका विज्ञहरूले भारत र युरेशिया प्लेटको निरन्तर सक्रियताका कारण बङ्गलादेशको उत्तर तथा दक्षिणपूर्वी भूभाग भूकम्पीय रूपमा संवेदनशील मानिने भए पनि देशको मध्य भाग तुलनात्मक रूपमा कम सक्रिय क्षेत्रमा पर्ने बताए। यसअघि कम जोखिम मानिएको क्षेत्रमै भूकम्प महसुस भएकाले यसपटकको कम्पन अझ अप्रत्याशित रूपमा अनुभव गरिएको जनाइएको छ।
बङ्गलादेशी अधिकारीहरूले उद्धार तथा क्षति मूल्याङ्कनका कार्य जारी राखेका छन्। नागरिकलाई सतर्क रहन तथा सम्भावित परकम्पनप्रति सचेत हुन आग्रह गरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *