• मंसिर ५, २०८२
  • No Comment
  • 150

जुम्लामा आठ सय ४९ मतदाता थपिए

जुम्ला। जुम्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८४९ नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख नारायणी आचार्यका अनुसार नयाँ दर्ता भएका मध्ये करिब ५० प्रतिशत युवा छन्।

अनलाइन मार्फत दर्ता गर्न मिल्ने सुविधा सुरू भएपछि बिहीबारसम्म कुल ८४९ नयाँ मतदाता सूचीकृत भएका हुन्। तीमध्ये ३७३ महिला र ४७६ पुरुष रहेका छन्। बाहिरी जिल्लाबाट समेत ९७ जनाले जुम्लामै नयाँ मतदाताका रूपमा आफ्नो नाम दर्ता गरेका छन्।

नयाँ दर्ता हुनुअघि जिल्लामा ६७ हजार ७३६ मतदाता रहेका थिए। त्यसमा पुरुष ३५ हजार २७५ र महिला ३२ हजार ४६१ थिए।

यसैबीच हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक–एक मतदान केन्द्र थप्न तथा तिला गाउँपालिका–९ मा रहेको एक मतदान केन्द्र स्थानान्तरण गर्नका लागि जिल्ला निर्वाचन कार्यालयले केन्द्रीय निर्वाचन आयोगमा सिफारिस गरेको छ।

एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह रहको जुम्लामा स्थानीय तहको निर्वाचनका लागि ७९ मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको थियो। निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली सङ्कलन थालेको हो।

कात्तिक मसान्तसम्मको प्रारम्भिक म्याद कायम रहे पनि दर्ता तथा अद्यावधिकमा देखिएको उल्लेख्य सहभागितालाई मध्यनजर गर्दै आयोगले म्याद आजसम्मका लागि थप गरेको कार्यालयले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *