• मंसिर ५, २०८२
  • No Comment
  • 139

एनपीएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। खेल अपराह्न ४ः०० बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेलले गरेका छन्। घरेलु तथा विदेशी खेलाडीको सन्तुलित संयोजनसहित पोखरा आजको खेलमा बलियो दाबीका साथ उत्रने अपेक्षा गरिएको छ। आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री तथा विकेटकिपर एडम रोसिङ्टन आजको खेलका मुख्य आधार मानिएका छन्।

उता सुदूरपश्चिम रोयल्सलाई दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्दै छन्। टोलीमा अनुभवी विकेटकिपर विनोद भण्डारी, चर्चित विदेशी खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन, साथमा आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी तथा बलर अविनाश बोहरा रहेका छन्।

दुवै टोली समान रूपले प्रतिस्पर्धी देखिँदा आजको खेल एनपीएलको महत्वपूर्ण भिडन्तका रूपमा हेरिएको छ। क्रिकेटप्रेमी दर्शकले पनि रोमाञ्चक तथा उच्चस्तरीय खेलको प्रतीक्षा गरेका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *