• मंसिर ५, २०८२
  • No Comment
  • 77

एनपीएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। खेल अपराह्न ४ः०० बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।

पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेलले गरेका छन्। घरेलु तथा विदेशी खेलाडीको सन्तुलित संयोजनसहित पोखरा आजको खेलमा बलियो दाबीका साथ उत्रने अपेक्षा गरिएको छ। आकाश चन्द, सागर ढकाल, त्रित राज दास, दिनेश खरेल, विपिन खत्री तथा विकेटकिपर एडम रोसिङ्टन आजको खेलका मुख्य आधार मानिएका छन्।

उता सुदूरपश्चिम रोयल्सलाई दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्दै छन्। टोलीमा अनुभवी विकेटकिपर विनोद भण्डारी, चर्चित विदेशी खेलाडी क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेल्जिन, साथमा आरिफ शेख, ईशान पाण्डे, हेमन्त धामी तथा बलर अविनाश बोहरा रहेका छन्।

दुवै टोली समान रूपले प्रतिस्पर्धी देखिँदा आजको खेल एनपीएलको महत्वपूर्ण भिडन्तका रूपमा हेरिएको छ। क्रिकेटप्रेमी दर्शकले पनि रोमाञ्चक तथा उच्चस्तरीय खेलको प्रतीक्षा गरेका छन्।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *