- मंसिर ४, २०८२
- No Comment
- 146
एनपिएलमा आज लुम्बिनी र चितवन आमनेसामने

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच रोमाञ्चक खेल हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ४ बजेपछि सुरू हुनेछ।
लुम्बिनी लायन्स रोहित पौडेलको कप्तानीमा मैदान उत्रिनेछ। गत सिजन अपेक्षाकृत कमजोर प्रदर्शन गरेको लुम्बिनी यसपटक सुधारिएको खेल प्रदर्शन गर्दै प्रतियोगितामा बलियो दाबी पेश गर्ने लक्ष्यमा छ। पहिलो जितको खोजीमा रहेकाले टोली आजको खेललाई महत्वपूर्ण रूपमा लिएको छ।
यता चितवन राइनोज कुशल मल्लको नेतृत्वमा लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिँदै छ। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै सिजनको सफल सुरुवात गरिसकेको छ।
गत सिजन लिग चरणमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गरेको स्मरणीय इतिहास रहेकाले आजको भिडन्त थप रोचक हुने अपेक्षा गरिएको छ।



