• मंसिर ३, २०८२
  • No Comment
  • 170

नेपालगन्जमा ‘इनडिपेन्डेन्ट नेपालगन्जिया युथ नेटवर्क’द्वारा मतदाता नामावली प्रविष्टि सहयोग अभियान

नेपालगन्ज — ‘इनडिपेन्डेन्ट नेपालगन्जिया युथ नेटवर्क’ नामक समूहले नेपालगन्जका विभिन्न चोक–चौराहामा पुगेर मतदाता नामावलीका लागि आवश्यक विवरण अनलाइनमा प्रविष्ट गर्ने अभियान सञ्चालन गरिरहेको छ।
मतदाता नामावली दर्ताका लागि अनलाइन विवरण भर्ने प्रक्रिया अनिवार्य भए पनि धेरै नागरिकले स्वयम्‌ अनलाइन फाराम भर्न नसक्ने अवस्था रहेको भन्दै समूहले सो कार्यमा सघाउने उद्देश्यले अभियान सुरु गरेको जनाएको छ। आगामी निर्वाचनमा अधिकभन्दा अधिक मतदाता सहभागी भई सक्षम र योग्य व्यक्तिहरू निर्वाचित हुनुपर्ने सोचका साथ विभिन्न पेशा–व्यवसाय तथा रोजगारीमा व्यस्त युवाहरूले संयुक्त रूपमा अभियान चलाइरहेको समूहले बताएको छ।
कात्तिक २ गतेबाट सुरु भएको अभियान मंसिर ५ गतेसम्म जारी रहनेछ।
सामूहिक पहलअन्तर्गत हालसम्म ६०० भन्दा बढी व्यक्तिको विवरण अनलाइनमा प्रविष्ट गर्न सहयोग गरिसकिएको समूहको दाबी छ। मतदाता नामावली भर्नका लागि १५० देखि २०० रुपैयाँसम्म शुल्क लिइने गरेको जानकारी पाएपछि सर्वसाधारणलाई निःशुल्क सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको समूहले जनाएको छ।
अभियान त्रिभुवन चोकबाट सुरु गरी क्रमशः धम्बोझी चोक, सेतु बिक चोक, राँझा चोक हुँदै पुनः त्रिभुवन चोकमै डेस्क राखेर निरन्तर सञ्चालन भइरहेको समूहले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *