• मंसिर ३, २०८२
  • No Comment
  • 108

सिमरा घटनाप्रति राप्रपाका नेता कमल थापाकाे आपत्ति

बारा । सिमरामा आज राजनीतिक दलका नेताहरूको आवागमनलाई रोक्ने उद्देश्यले गरिएको व्यवहार निन्दनीय रहेको भन्दै राप्रपाका नेता कमल थापाले आपत्ति जनाएका छन। पार्टीले यस्तो कार्य प्रजातान्त्रिक मूल्य–मान्यताको विरुद्ध भएको उल्लेख गर्दै घटनाको भर्त्सना गर्ने सामाजिक संजाल मार्फत जानकारी दिएका छन।

थापाको आरोप छ कि यस्ता विकृति र विसंगति नयाँ नभई विगतमा नै जरा गाडिसकेका हुन्। २०४६ र २०६३ सालपछिका राजनीतिक परिवर्तनपछि एमाले र कांग्रेसले विपक्षी शक्तिहरूमाथि गरेको दमन, निषेध र आक्रमणजस्तै प्रवृत्ति अहिले पनि दोहोरिन थालेको र सिमराको घटना त्यसकै उदाहरण भएको उनको दाबी छ।

सिमरामा भएको घटनाबाट कांग्रेस र कम्युनिस्ट दलहरू स्वयं चिन्तित र प्रभावित भएको उल्लेख गर्दै राप्रपाका नेता कमल थापाले विगतका गलत र अप्रजातान्त्रिक कार्यहरूको समीक्षा, आत्म–आलोचना तथा यस्ता गतिविधि दोहोरिन नदिन प्रतिबद्धता जनाउनु समयको माग भएको जनाएका छन।

थापाका अनुसार निषेधको राजनीति निरङ्कुशताको जननी हो, र राजनीतिक गतिविधि रोक्ने तथा असुरक्षाको वातावरण सिर्जना गर्ने प्रवृत्तिबाट निष्पक्ष तथा स्वतन्त्र निर्वाचन असम्भव बन्छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *