• मंसिर ३, २०८२
  • No Comment
  • 134

सर्लाहीमा स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

सर्लाही। स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित तीन जना व्यक्ति पक्राउ परेका छन्। मलंगवा नगरपालिका–८ बाट प्रहरीले ८ लाख १३ हजार ९ सय १० रुपैयाँ बरामद गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा ईश्वरपुर नगरपालिका–३ निवासी ३४ वर्षीय सुवाश लामिछाने, २९ वर्षीय रूपेश सहनी तथा कविलासी नगरपालिका–४ निवासी २८ वर्षीय मुकेश चौधरी रहेका प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी चौकी गोरखकालीबाट खटिएको टोलीले भारतको सोनबर्षाबाट मलंगवातर्फ आउँदै गरेको म.प्र.०३–०३६ प ९३८८ नम्बरको मोटरसाइकलमा सवार सुवाश र रूपेशलाई, साथै पैदल यात्रु मुकेशलाई चेकजाँचका क्रममा उक्त नगदसहित पक्राउ गरेको हो।

बरामद रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *