• मंसिर १, २०८२
  • No Comment
  • 170

सात हजार पाइला हिँड्नाले मात्र कसरी रोगको जोखिम कम गर्न सकिन्छ ?

हालका वर्षहरूमा क्यान्सर, मधुमेह र मुटुरोगजस्ता दीर्घरोगको जोखिम नेपालसहित विश्वभर तीव्र रूपमा बढिरहेको छ । इन्टरनेसनल डाइबिटिज फेडरेसनका अनुसार नेपालमा वयस्क जनसंख्यामध्ये झन्डै ७.७ प्रतिशत मानिस मधुमेहको जोखिममा छन् । स्वास्थ्य विशेषज्ञका भनाइमा त्यसको प्रमुख कारण निष्क्रिय जीवनशैली र शारीरिक गतिविधिको कमी हो ।
यस्तै परिस्थितिमा मेडिकल जर्नल लान्सेट मा हालै प्रकाशित रिपोर्टले आशाजनक निष्कर्ष प्रस्तुत गरेको छ । ‘डेली स्टेप्स एन्ड हेल्थ आउटकम्स’ शीर्षकको उक्त अध्ययनले दैनिक केवल ७ हजार पाइला हिँड्दा नै क्यान्सर, डिमेन्सिया र मुटुरोगजस्ता रोगको जोखिम उल्लेख्य रूपमा कम हुने प्रमाण प्रस्तुत गरेको छ ।
अस्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीले एक लाख ६० हजार व्यक्तिमाथि भएका ५७ वैज्ञानिक अध्ययनको विश्लेषणपछि तयार पारेको प्रतिवेदनमा ७ हजार पाइला स्वास्थ्यका लागि पर्याप्त र सहज लक्ष्य भएको बताइएको छ । अध्ययनकी प्रमुख अनुसन्धानकर्ता, महामारी विशेषज्ञ मेलोडी डिङका अनुसार ७ हजार पाइलाभन्दा कम हिँड्ने व्यक्तिमा लाभ कम देखिएको र ७ हजारभन्दा धेरै हिँड्दा पनि फाइदा अत्यधिक रूपमा नबढ्ने देखिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने वयस्कले हरेक हप्ता कम्तीमा १५० मिनेट मध्यम वा ७५ मिनेट तीव्र व्यायाम गर्नुपर्ने सुझाव दिएको छ । डब्ल्यूएचओको मापदण्ड केवल हिँडाइमा सीमित नभएर पौडी, दौड, साइकलजस्ता गतिविधि पनि प्रभावकारी मानिन्छन् ।
अध्ययनले वर्षौँदेखि प्रचलित १० हजार पाइला मापदण्ड वैज्ञानिक प्रमाणमा आधारित नभएको पनि खुलाएको छ । यो अवधारणा सन् १९६४ को टोक्यो ओलम्पिकका क्रममा ‘म्यानपो–केई’ नामक पेडोमिटरको प्रचारबाट सुरुआत भएको बताइन्छ । यसैले १० हजार पाइला दैनिक लक्ष्य एकप्रकारको मार्केटिङबाट बनेको धारणा पनि विशेषज्ञले राखेका छन् ।
लन्डनको ब्रुनेई युनिभर्सिटीका डा. डेनियल बेली र मेलबर्न युनिभर्सिटीका किम बेनेलले पनि पाँच–सात हजार पाइला नै अधिकांश व्यक्तिका लागि व्यवहारिक र स्वास्थ्यकर लक्ष्य भएको उल्लेख गरेका छन् । उनका अनुसार अत्यधिक कदमको लक्ष्य राख्नुभन्दा नियमितता र सक्रिय जीवनशैली अपनाउनै बढी महत्त्वपूर्ण छ ।
स्वास्थ्य विज्ञहरू भन्छन्— नियमित हिँडाइले तौल नियन्त्रण, रक्तचाप घटाउने, मानसिक स्वास्थ्य सुधार्ने र शरीरको मेटाबोलिज्म सक्रिय राख्ने प्रभावकारी भूमिका खेल्छ । त्यसैले दैनिक ७ हजार पाइला जति हिँड्ने बानी दीर्घरोगबाट बच्ने सरल तर प्रभावकारी उपाय हुनसक्छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *