• कार्तिक २९, २०८२
  • No Comment
  • 139

सुर्खेतकाे चौकुनेमा बालमैत्री पूर्वसूचना प्रणालीको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिका वडा न ८ को साझा हलमा बालमैत्री पूर्वसूचना प्रणालीको क्षमता अभिवृद्धि कार्यक्रम चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस बासपानेको प्रमुख अतिथिमा सम्पन्न भएको छ् । बालिकाहरुको उत्थानशीलता अभिवृद्धि तथा उनीहरुलाई जलवायु जोखिमबाट जोगाउने उद्देश्यका साथ सोसेक नेपालको आयोजना चौकुने गाउँपालिकाको सहजिकरण र युनिसेफ नेपालको आर्थिक सहयोगमा चौकुने गाउँपालिकाका लक्षित बालमैत्री पूर्वसूचना प्रणाली क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो । युनिसेफ नेपालका पूर्वसूचना प्रणाली विशेषज्ञ मधुसुदन गौतमले कार्यक्रम चौकुने गाउँपालिका र सम्बन्धित सबै सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो ।

उहाँले यस किसिमका कार्यक्रमहरुले स्थानीय निकायलाई बालमैत्री दृष्टिकोणबाट पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग गर्ने र समुदायस्तरमा जलवायु जोखिम व्यवस्थापनमा बालबालिकाको सहभागिता बढाउने विश्वास व्यक्त गर्नुभयो । बिपद् ब्यबस्थापन र खानेपानी सरफाईका सहजकर्ता नरबिर ऐडीले संस्थाले विगत लामो समय देखि पूर्वसूचना प्रणालीमा सक्रिय रुपमा काम गर्दै आएको बताउनुभयो । उहाँले बालबालिकाहरुलाई पूर्वसूचना प्रणालीमा जोडेर जोखिम न्यूनिकरणमा ध्यान केन्द्रित गर्नुपर्ने जोड दिदै, यस्ता पहलहरुले समुदाय स्तरमा जोखिम व्यवस्थापन सुदृढ गर्ने र बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण भूमिका तर्क गर्नुभयो । कार्यक्रममा पूर्वसूचना प्रणालीका चार वटा स्तम्भहरुमा आधारित चौकुने गाउँपालिकाको वर्तमान अवस्थाको विश्लेषण गरिएको थियो । साथै, बालबालिका जलवायु जोखिम सूचकांकको आधारमा वडागत स्तरमा जोखिमको अवस्था मूल्यांकन गरिएको छ् ।

चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेले स्थानीय तहमा बालमैत्री पूर्वसूचना प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । चौकुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले बिपद् सम्बन्धि पाठ्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमले स्थानीय पाठ्यक्रममा समेटिएका पूर्वसूचना सम्बन्धी विषयवस्तुहरु बारे छलफल र अन्तरक्रिया गर्ने अवसर पनि प्रदान गरेको थियो । सहभागीहरुले जल तथा मौसम विज्ञान विभाग सुर्खेतकि ईन्दिरा कडेलसँग पूर्वसूचना कसरी बालमैत्री बनाउने भन्ने विषयमा समूह अभ्यास र छलफल पनि गरेका थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका शाखा अधिकृत गोमा ढकाल ( पौडेल)ले पूर्वसूचना प्रणालीमा बालबालिकालाई संलग्न गरेर विपद् जोखिम न्यूनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस कार्यका लागि प्राधिकरण सधैं तत्पर रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमले बालबालिकालाई जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका विषयमा सचेत गराउने र पालिकास्तरमा बालमैत्री पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ् ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *