- कार्तिक २६, २०८२
- No Comment
- 162
बेतन–दोधारा ४०० केभी विद्युत् प्रसारण लाइन आयोजनाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिका अन्तरगत प्रभाावित पर्ने वडा न: ३ र ४ मा रहेका सामुदायिक वन समूह, सरकारी वन, ब्यक्तिगत वन, आवास, बगैँचा तथा ऐलानी घरजग्गा भएका प्रत्यक्ष प्रभावितहरुलाइ बोलाएर सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडद्वारा निर्माण प्रस्ताव गरिएको बेतन–दोधारा ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रमका सभाअध्यक्ष आदेश कुमार जि सी र चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस वासपानेको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।
कम्पनीले कर्णाली नदी कोरिडोरका जलविद्युत् आयोजनाबाट उत्पादन हुने २ हजार ६४७ मेगावाट विद्युत् प्रसारण गर्न बेतन सबस्टेसनदेखि दोधारा सबस्टेसनसम्म ३६.७१ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । कार्यक्रम ४०० के भी प्रसारण लाईन वन अधिकृत करन र्गुधामीले संचालन गर्नु भएको थियो । सो क्रममा वातावरणीय प्रभावका बिषयमा वातावरण अधिकृत सुदेश जोशीले प्रष्ट्याउनु भएको थियो । त्यसै गरि आयोजना प्रमुख आदेश कुमार जी सीले उठेका प्रश्नहरुको उत्तर दिने काम र आयोजनाको वारेमा बताउनु भएको थियो ।
उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा न २ का वडा अध्यक्ष मायाराम जैशी ,वडा न ३ का वडा अध्यक्ष गणेश कुमार राना ,वडा न ४ का वडा अध्यक्ष टोप बहादुर बि सी लगायत विभिन्न सामुदायिक वनका अध्यक्ष , युवा तथा सरोकारवालाले आआफ्ना मुआब्जाका बारेमा प्रश्न गर्नु भएको थियो ।
