• कार्तिक २६, २०८२
  • No Comment
  • 150

तीन तहका सरकारको समन्वय र सहकार्यले मात्र नागरिक लाभान्वित हुन्छन् : मुख्यमन्त्री कडेल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय र सहकार्य बिना नागरिकले प्रत्यक्ष लाभ लिन नसक्ने बताएका छन्। बुधबार सुर्खेतमा आयोजित प्रदेश तथा स्थानीय सरकारबीच अन्तरसरकारी सम्बन्धसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विकास निर्माण र सेवा प्रवाहमा सहकार्यको कमी देखिएको बताए।
मुख्यमन्त्री कडेलले भने, “भूगोल सबैको एउटै हो, त्यसैले विकास निर्माणमा सहकार्य र समन्वय हुनुपर्छ, तब मात्र जनताले प्रत्यक्ष लाभ पाउँछन्।” उनले दोहोरोपन, अधूरा काम र गुणस्तरहीन विकासबाट बच्नका लागि तीनै तहबीच सहकार्य अपरिहार्य भएको बताए ।
उनका अनुसार अहिलेको परिवर्तित राजनीतिक अवस्थामा जननिर्वाचित निकायबीचको सम्बन्ध अझ सुदृढ बनाउँदै लैजानु आवश्यक छ। उनले गैरदलिय सरकारका बेला केन्द्रले प्रदेश र स्थानीय तहसँग गर्ने व्यवहारमा केही सुधार भए पनि अझै सुधारको आवश्यकता रहेको धारणा राखे।
राजनीतिक दलमाथि उठिरहेका प्रश्नको सन्दर्भमा मुख्यमन्त्री कडेलले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिए। “जनताको विश्वास जित्ने गरी काम गर्न सके मात्र राजनीति बलियो हुन्छ,” उनले भने।
मुख्यमन्त्रीले योजना छनोट र कार्यान्वयन जनगुनासो नउठ्ने गरी गर्नुपर्ने सुझाव दिए। उनले आयस्रोत वृद्धि र प्रभावकारी शासनका लागि प्रदेश र स्थानीय सरकारबीच घनिष्ठ समन्वय आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा जिल्ला समन्वय महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघका पदाधिकारीहरू, जिल्ला समन्वय समिति प्रमुख–उपप्रमुख, गाउँपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुख, मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव, सचिव तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू सहभागी रहेका थिए।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *