• कार्तिक २५, २०८२
  • No Comment
  • 178

पर्वतमा कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्वत । पर्वत जिल्लामा कुटपिट गरेर श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

प्रहरीका अनुसार, पक्राउ परेका व्यक्ति पर्वतको मोदी गाउँपालिका–६ दराक निवासी ५१ वर्षीय जितबहादुर विक हुन्। उनले आफ्नी ५२ वर्षीया श्रीमती सिता विकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी देउपुर डिमुवाबाट खटिएको टोलीले जितबहादुरलाई घटनास्थलमै नियन्त्रणमा लिएको हो।

गम्भीर घाइते भएकी सिता विकलाई उपचारका लागि प्रदेश अस्पताल, कुस्मा लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *