- कार्तिक २५, २०८२
- No Comment
- 150
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकी युवती मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने २६ वर्षीया मनिषा अधिकारी हुन्।
अधिकारीले विदेशी रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै एक पीडितबाट ३ लाख रुपैयाँ लिएकी थिइन्। रकम लिएपछि उनले सम्पर्क विच्छेद (बिहीन) गरेकी भन्दै पीडितले उजुरी दिएका थिए।
उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार, अधिकारीलाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
प्रहरीले यस्ता किसिमका ठगी कार्यमा संलग्न व्यक्तिहरूप्रति सतर्क रहन नागरिकलाई आग्रह गरेको छ।



