• कार्तिक २४, २०८२
  • No Comment
  • 162

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने भेला आयोजना गर्ने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा कात्तिक २५ र २६ गते प्रदेश राजधानी सुर्खेतमा भेला हुने भएको हो। उक्त भेलामा प्रदेशभरका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरूका साथै १० वटै जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरू सहभागी हुने कार्यालयले जनाएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा मुख्य तीन विषयमा छलफल हुनेछ — पहिलो, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा सेवा प्रवाह; दोस्रो, योजना छनोटसम्बन्धी हालको अभ्यास र कार्यविधि; र तेस्रो, स्थानीय तहका कर्मचारी, राजस्व संकलन तथा बाँडफाँडका विषयहरू।
सचिव विकका अनुसार संविधानमा व्यवस्था गरिएको सहकारिता, सहअस्तित्व र समन्वयको भावनाअनुसार प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई अझ समन्वयात्मक ढङ्गले अघि बढाउने उद्देश्यले यो छलफल आयोजना गरिएको हो।
उनका अनुसार छलफल र अन्तरक्रियाबाट प्रदेश र स्थानीय तहबीच रहेका सम्बन्ध, समस्या तथा तिनका समाधानका उपायहरू पहिचान गरिनेछ। कर्णाली प्रदेश सरकारले पहिलो पटक योजना छनोट र आयोजना बैंकको अवधारणा ल्याएर चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गरिरहेको छ। कार्यक्रममा उक्त अवधारणालाई अझ परिमार्जन गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *