• कार्तिक २३, २०८२
  • No Comment
  • 78

पर्यटकको हब बन्दै चौकुने ७ को धामीडाँडा सहिद स्मृतिपार्क

सुर्खेत। सुर्खेतकाे चौकुनेगाउँपालिका–७ मा अवस्थित सहिद स्मृति पार्क ’ पछिल्लो समयमा स्थानीयहरुको पहिलो रोजाइ बन्न थालेको छ। वडा न ७ को वडा कार्यालय नजिकै रहेको धामिडाँडा सहिद स्मृतिपार्क प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व र स्थानीय पहिचानका कारण यो क्षेत्र अब “पर्यटन हब” बन्ने दिशामा अघि बढिरहेको छ। सूर्योदयका झिलिमिली किरणसँगै सल्लाघारीको शिरसिरे हावा ,, हरियाली भिरपखेराको शान्त वातावरणको दृश्य हेर्न दैनिकजसो सर्वसाधारणदेखि सरकारी कर्मचारीसम्म धामिडाँडा सहिद पार्क पुग्ने गरेका छन्।

धामीडाँडाको हरियालीले ढाकिएको भू–भाग, टाढाटाढासम्म फैलिएको दृश्य, र शान्त वातावरणले जो कोहीलाई पनि मोहित बनाउँछ। यहाँ , फोटोग्राफी, भिडियो बनाउन, ध्यान तथा योग गर्न, परिवारसहित विश्राम र घुमघाममा रमाउने गर्छन्। बिदाको समय र चाडपर्वमा झनै यहाँको चहलपहल बढ्ने गरेको छ। शहरी कोलाहलबाट केही क्षण टाढा रहेर प्रकृतिसँग बिताउन चाहनेहरूका लागि धामिडाँडा सहिद स्मृति पार्क शान्त र सहज गन्तव्य बन्दै गएको छ। यसअघिसम्म खासै चिनिन नसकेको यो प्राकृतिक सम्पदाले स्थानीय सरकार र धामिडाँडा सामुदायिक वन उपभोक्ता समुहको पहलमा नयाँ परिचय पाएको हो। संरक्षण तथा पूर्वाधार विकाससँगै प्रचार–प्रसार बढेपछि सहिद पार्कको लोकप्रियता झनै चुलिँदै गएको छ। धामिडाँडा सहिद स्मृति पार्कमा दैनिक फोटा खिचेर राम्रो रोजगार समेत पाएका छन्।

जसले युवा पुस्तालाई देशमै केही गर्नुपर्छ भन्ने आशा समेत पलाएको धामिडाँडा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तुल बहादुर नेपाली बताउँछन् । स्थानीयवासी सँगै घरदैलोको सरकारले सहिद पार्कको संरक्षण, सफाइ र पर्यटकीय व्यवस्थापन, बन्न लागेका संरचनाहरूको संरक्षण लगायतमा निरन्तर ध्यान दिए थप पर्यटक आकर्षित हुने र यसबाट स्थानीय सरकारसँगै चौकुनेको अर्थतन्त्रमा समेत महत्वपूर्ण टेवा पुग्ने सम्भावना बढ्ने र धामीडाँडा केवल सहिदको स्मृतिमा बनेको पार्क होइन, यो चौकुनेको गौरव हो। यसलाई व्यवस्थित पर्यटन स्थलको रूपमा विकास गर्ने प्राथमिक योजना रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस् बासपानेको भनाइ रहेको छ। चौकुने गाउँपालिका वडा न ७ को प्राकृतिक सुन्दरताको गहना मानिने धामिडाँडा सहिद स्मृति पार्कलाई व्यवस्थित र प्रवर्द्धन गर्न सके निकट भविष्यमै यो क्षेत्र चौकुने गाउँपालिकाको प्रमुख पर्यटनको गन्तव्य बन्ने चौकुने गाउँपालिका वडा न ७ का वडा अध्यक्ष धनिराम धमालाले बताउनु भएको छ ।

धामीडाँडा सहिद स्मृति पार्कले स्थानीय समुदायमा रोजगारका नयाँ अवसर पनि सिर्जना गर्न थालेको छ। होमस्टे व्यवसाय, स्थानीय हस्तकला बिक्री र सांस्कृतिक प्रदर्शनबाट आम्दानी बढ्ने अपेक्षा गरिएको छ। सहिद स्मृति पार्कको संरक्षण र प्रचारसँगै यो स्थानले चौकुनेको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई राष्ट्रिय स्तरमा पुर्‍याउन सक्ने विश्वास गरिएको छ। चौकुने गाउँपालिकाले यस क्षेत्रमा पर्यटन पूर्वाधार विस्तार र वातावरणमैत्री विकासका कार्यहरू अगाडि बढाइरहेको छ। धामीडाँडा सहिद स्मृति पार्क आज चौकुने गाउँपालिकाको गौरव मात्र होइन,पश्चिम सुर्खेतको उदाउँदो पर्यटन प्रतीकका रूपमा पहिचान बनाउँदै छ। इतिहासको सम्झना र प्रकृतिको सुन्दरता मिसिएको योठाउँ,पश्चिम सुर्खेत घुम्न आउने जो कोहीका लागि अब अनिवार्य गन्तव्य बन्ने संकेत देखिन थालेको छ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *