• कार्तिक २३, २०८२
  • No Comment
  • 174

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी मानिन्छ । पौष्टिक तत्वले भरिपूर्ण बदामले मस्तिष्कदेखि मुटुसम्म शरीरका विभिन्न अंगमा सकारात्मक प्रभाव पार्ने गर्छ ।

विशेषज्ञहरूका अनुसार नियमित रूपमा सन्तुलित मात्रामा बदाम सेवन गर्दा शरीरलाई आवश्यक भिटामिन, मिनरल र फ्याटी एसिड प्राप्त हुन्छ, जसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र विभिन्न रोगबाट बचाउँछ ।

बदाम खानुका प्रमुख फाइदाहरू

१. तौल नियन्त्रणमा मद्दत
बदाममा पाइने फाइबरले लामो समयसम्म पेट भरिएको अनुभूति गराउँछ । यसले अनावश्यक खानपान घटाएर तौल घटाउन सहयोग गर्छ ।

२. स्मरणशक्ति बढाउँछ
भिटामिन बी३ र अन्य पौष्टिक तत्वका कारण बदामले मस्तिष्कको कार्य क्षमता वृद्धि गर्छ । विद्यार्थी र मानसिक श्रम गर्ने व्यक्तिहरूका लागि यो लाभदायी मानिन्छ ।

३. डिप्रेसन घटाउँछ
बदाममा पाइने ट्राइपटोफन तत्वले ‘सेरोटोनिन’ उत्पादन बढाउँछ, जसले तनाव र डिप्रेसन कम गर्न मद्दत गर्छ ।

४. गर्भवती महिलाका लागि लाभदायी
गर्भमा रहेको शिशुको विकासका लागि आवश्यक फोलिक एसिड र आइरन बदाममा पाइन्छ । नियमित सेवनले माताको स्वास्थ्य पनि सुदृढ रहन्छ ।

५. मधुमेह र कोलेस्टेरोल नियन्त्रण
बदाममा पाइने म्याग्नेसियमले ब्लड सुगर सन्तुलनमा राख्छ भने फ्याटी एसिडले कोलेस्टेरोल नियन्त्रणमा मद्दत गर्छ । यसले मुटु स्वस्थ राख्न सहयोग पुर्‍याउँछ ।

६. क्यान्सरको जोखिम कम गर्छ
बदाममा पाइने एन्टिअक्सिडेन्ट, जिंक, फोलेट र फाइटोस्टेरोल तत्वले क्यान्सर सेलको वृद्धि रोक्न सहयोग गर्छ ।

७. छाला र मुटुको स्वास्थ्यका लागि फाइदाजनक
एन्टिअक्सिडेन्टले छालामा चमक ल्याउँछ र तेलीयापन घटाउँछ । साथै मुटुसम्बन्धी रोगको जोखिम घटाउन पनि बदाम प्रभावकारी मानिन्छ ।

विशेषज्ञहरू भन्छन्, “दैनिक ४–५ वटा बदाम भिजाएर बिहान सेवन गर्नु स्वास्थ्यका लागि सबैभन्दा राम्रो उपाय हो ।”

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *