• कार्तिक २३, २०८२
  • No Comment
  • 101

जाडोमा बदाम खानुका यस्ता फाइदा

जाडो मौसम सुरु भएपछि धेरैले सुन्तलासँगै घाम ताप्दै बदाम खान रुचाउँछन् । स्वादिलो मात्र नभई बदाम स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायी मानिन्छ । पौष्टिक तत्वले भरिपूर्ण बदामले मस्तिष्कदेखि मुटुसम्म शरीरका विभिन्न अंगमा सकारात्मक प्रभाव पार्ने गर्छ ।

विशेषज्ञहरूका अनुसार नियमित रूपमा सन्तुलित मात्रामा बदाम सेवन गर्दा शरीरलाई आवश्यक भिटामिन, मिनरल र फ्याटी एसिड प्राप्त हुन्छ, जसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र विभिन्न रोगबाट बचाउँछ ।

बदाम खानुका प्रमुख फाइदाहरू

१. तौल नियन्त्रणमा मद्दत
बदाममा पाइने फाइबरले लामो समयसम्म पेट भरिएको अनुभूति गराउँछ । यसले अनावश्यक खानपान घटाएर तौल घटाउन सहयोग गर्छ ।

२. स्मरणशक्ति बढाउँछ
भिटामिन बी३ र अन्य पौष्टिक तत्वका कारण बदामले मस्तिष्कको कार्य क्षमता वृद्धि गर्छ । विद्यार्थी र मानसिक श्रम गर्ने व्यक्तिहरूका लागि यो लाभदायी मानिन्छ ।

३. डिप्रेसन घटाउँछ
बदाममा पाइने ट्राइपटोफन तत्वले ‘सेरोटोनिन’ उत्पादन बढाउँछ, जसले तनाव र डिप्रेसन कम गर्न मद्दत गर्छ ।

४. गर्भवती महिलाका लागि लाभदायी
गर्भमा रहेको शिशुको विकासका लागि आवश्यक फोलिक एसिड र आइरन बदाममा पाइन्छ । नियमित सेवनले माताको स्वास्थ्य पनि सुदृढ रहन्छ ।

५. मधुमेह र कोलेस्टेरोल नियन्त्रण
बदाममा पाइने म्याग्नेसियमले ब्लड सुगर सन्तुलनमा राख्छ भने फ्याटी एसिडले कोलेस्टेरोल नियन्त्रणमा मद्दत गर्छ । यसले मुटु स्वस्थ राख्न सहयोग पुर्‍याउँछ ।

६. क्यान्सरको जोखिम कम गर्छ
बदाममा पाइने एन्टिअक्सिडेन्ट, जिंक, फोलेट र फाइटोस्टेरोल तत्वले क्यान्सर सेलको वृद्धि रोक्न सहयोग गर्छ ।

७. छाला र मुटुको स्वास्थ्यका लागि फाइदाजनक
एन्टिअक्सिडेन्टले छालामा चमक ल्याउँछ र तेलीयापन घटाउँछ । साथै मुटुसम्बन्धी रोगको जोखिम घटाउन पनि बदाम प्रभावकारी मानिन्छ ।

विशेषज्ञहरू भन्छन्, “दैनिक ४–५ वटा बदाम भिजाएर बिहान सेवन गर्नु स्वास्थ्यका लागि सबैभन्दा राम्रो उपाय हो ।”

सम्बन्धित खबर

हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…
सुर्खेतमा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक प्रणाली लागू

सुर्खेतमा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक प्रणाली लागू

सुर्खेत – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा बढ्दो अनियमितता र नक्कली परीक्षार्थीको प्रवेश रोक्न सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले बायोमेट्रिक प्रणाली लागू…

Leave a Reply

Your email address will not be published. Required fields are marked *