• कार्तिक २१, २०८२
  • No Comment
  • 116

जिप्रका सुर्खेतकाे हिरासतमा एक जना थुनुवाकाे मृत्यु

सुर्खेत — जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एक थुनुवाको मृत्यु भएको छ। लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान ५ः५८ बजे ओछ्यानमै बेहोस अवस्थामा फेला परेका सुनारलाई तत्कालै उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृत्युपछि प्रहरी कार्यालयले हिरासत कक्षको सीसीटीभी फुटेज हेर्दा कुनै असामान्य गतिविधि नदेखिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढथापाका अनुसार, सुनार ७८ दिनदेखि हिरासतमा रहेका थिए र शुक्रबार नै उनको मुद्दाको पेसी तय भएको दिन थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…
सुर्खेतमा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक प्रणाली लागू

सुर्खेतमा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक प्रणाली लागू

सुर्खेत – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा बढ्दो अनियमितता र नक्कली परीक्षार्थीको प्रवेश रोक्न सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले बायोमेट्रिक प्रणाली लागू…

Leave a Reply

Your email address will not be published. Required fields are marked *