• कार्तिक २१, २०८२
  • No Comment
  • 209

जिप्रका सुर्खेतकाे हिरासतमा एक जना थुनुवाकाे मृत्यु

सुर्खेत — जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा एक थुनुवाको मृत्यु भएको छ। लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान ५ः५८ बजे ओछ्यानमै बेहोस अवस्थामा फेला परेका सुनारलाई तत्कालै उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृत्युपछि प्रहरी कार्यालयले हिरासत कक्षको सीसीटीभी फुटेज हेर्दा कुनै असामान्य गतिविधि नदेखिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी मोहनजंग बुढथापाका अनुसार, सुनार ७८ दिनदेखि हिरासतमा रहेका थिए र शुक्रबार नै उनको मुद्दाको पेसी तय भएको दिन थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका वडा न ५ मायाताल बजारको अनुगमन, म्याद…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा चौकुने ५ मायाताल बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई…
सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र निर्वाचन समीक्षा केन्द्रमा

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला सम्पन्न, सङ्गठन सुदृढीकरण र…

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सुर्खेतमा सम्पन्न भएको छ। भेलामा पार्टीको वर्तमान साङ्गठनिक अवस्था,…
लागुऔषधसहित १६ जना पक्राउ

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं, जेठ २७ — प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *