• कार्तिक २०, २०८२
  • No Comment
  • 47

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।

सङ्घले मेयर साहले केही दिनअघि सामाजिक सञ्जालमार्फत नेपालका प्रमुख राजनीतिक दल, छिमेकी देशहरू र मित्रराष्ट्रहरूमाथि लेखेका टिप्पणी साइबर कानुन विपरीत रहेको आरोप लगाएको हो।

यस विषयमा कारबाहीको माग गर्दै सङ्घका प्रतिनिधिहरू आज भोटाहिटीस्थित साइबर ब्युरो कार्यालय पुगेका थिए। सङ्घका उपाध्यक्ष महाराज गुरूङका अनुसार उनीहरूले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर औपचारिक उजुरी दर्ता गराएका छन्।

गुरूङले बताएअनुसार, “ब्युरोका प्रमुखले उजुरी अध्ययन गरेर कानुनी प्रक्रियाअनुसार आवश्यक निर्णय लिने बताउनुभएको छ।”

स्मरण रहोस्, मेयर बालेन साह सामाजिक सञ्जालमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन् र पछिल्ला दिनहरूमा उनका राजनीतिक टिप्पणीहरू चर्चामा रहेका छन्।

सम्बन्धित खबर

हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…
सुर्खेतमा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक प्रणाली लागू

सुर्खेतमा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक प्रणाली लागू

सुर्खेत – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा बढ्दो अनियमितता र नक्कली परीक्षार्थीको प्रवेश रोक्न सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले बायोमेट्रिक प्रणाली लागू…

Leave a Reply

Your email address will not be published. Required fields are marked *