• कार्तिक २०, २०८२
  • No Comment
  • 120

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उजुरी

काठमाडौं — राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।

सङ्घले मेयर साहले केही दिनअघि सामाजिक सञ्जालमार्फत नेपालका प्रमुख राजनीतिक दल, छिमेकी देशहरू र मित्रराष्ट्रहरूमाथि लेखेका टिप्पणी साइबर कानुन विपरीत रहेको आरोप लगाएको हो।

यस विषयमा कारबाहीको माग गर्दै सङ्घका प्रतिनिधिहरू आज भोटाहिटीस्थित साइबर ब्युरो कार्यालय पुगेका थिए। सङ्घका उपाध्यक्ष महाराज गुरूङका अनुसार उनीहरूले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द अर्याललाई भेटेर औपचारिक उजुरी दर्ता गराएका छन्।

गुरूङले बताएअनुसार, “ब्युरोका प्रमुखले उजुरी अध्ययन गरेर कानुनी प्रक्रियाअनुसार आवश्यक निर्णय लिने बताउनुभएको छ।”

स्मरण रहोस्, मेयर बालेन साह सामाजिक सञ्जालमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन् र पछिल्ला दिनहरूमा उनका राजनीतिक टिप्पणीहरू चर्चामा रहेका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *