• कार्तिक २०, २०८२
  • No Comment
  • 71

कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा र सीप परीक्षा पास गरे पनि दक्षिण कोरिया पठाउन ढिलाइ भएको भन्दै कामदारहरूले बिहीवार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखामा घेराउ गरेका छन्।
सन् २०२५ का लागि आयोजित भाषा परीक्षामा एक लाख ६३ हजार जनामध्ये १७ हजार ३० जना उत्तीर्ण भएका थिए। तर, उनीहरूमध्ये धेरैजना अझैसम्म कोरियासँग करार सम्झौता गर्न नपाएको कारण रोजगारका लागि जान नसकेका छन्।
आन्दोलनमा सहभागी कामदारहरूले दुई वर्षदेखि प्रतीक्षामा रहेर पनि पठाइ प्रक्रिया अघि नबढेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूको माग छ — सरकारले र कोरियाली पक्षले नयाँ परीक्षा र विज्ञान प्रणाली अघि बढाउनु अघि, पहिले नै भाषा परीक्षा पास गरेका कामदारलाई प्राथमिकता दिएर पठाउनुपर्छ।
ईपीएस प्रणालीमार्फत सन् २००८ देखि दक्षिण कोरियाले अदक्ष नेपाली कामदार लैजान थालेको हो। हाल करिब एक लाख नेपाली कामदार विभिन्न क्षेत्रहरूमा कोरियामा कार्यरत छन्। कामदारहरूले चेतावनी दिएका छन् कि माग पूरा नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।

सम्बन्धित खबर

हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…
सुर्खेतमा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक प्रणाली लागू

सुर्खेतमा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक प्रणाली लागू

सुर्खेत – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा बढ्दो अनियमितता र नक्कली परीक्षार्थीको प्रवेश रोक्न सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले बायोमेट्रिक प्रणाली लागू…

Leave a Reply

Your email address will not be published. Required fields are marked *