• कार्तिक १९, २०८२
  • No Comment
  • 168

आजकाे माैसम : देशका पश्चिमी भागमा वर्षा र हिमपातको सम्भावना

देशका पश्चिमी भागमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावका कारण आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदलीको अवस्था रहनेछ।

आज राति देशका अधिकांश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।

मौसमविद्हरूका अनुसार हालको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आगामी एक-दुई दिनसम्म रहने सम्भावना छ। यस अवधिमा विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रमा तापक्रम घट्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *