- कार्तिक १९, २०८२
- No Comment
- 89
आजकाे माैसम : देशका पश्चिमी भागमा वर्षा र हिमपातको सम्भावना
देशका पश्चिमी भागमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावका कारण आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी भागमा आंशिक बदलीको अवस्था रहनेछ।
आज राति देशका अधिकांश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार हालको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आगामी एक-दुई दिनसम्म रहने सम्भावना छ। यस अवधिमा विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रमा तापक्रम घट्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।