• कार्तिक १८, २०८२
  • No Comment
  • 164

पुरुष यौन हिंसा : अव्यक्त समस्या तर समाजमा विकराल बन्दै

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पुरुष यौन हिंसा र पितृसतात्मक सोचका कारण समाजमा देखापरेका समस्याहरू न्यूनीकरण विषयक सरोकारवालासँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ। शक्ति समूहद्वारा सञ्चालित डाउन टु जिरो सुफासेक परियोजना अन्तर्गत बोइज इनिसिएटिभ सुर्खेतको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। पछिल्लो समय पुरुषहरूमा व्याप्त रहेको अव्यक्त समस्याहरूको पहिचान, बालक यौन उत्पीडनका विषय, पुरुष हिंसाका घटना उजागर र पुरुषको पहिचान गोपनीयता, पुरुष हिंसा न्यूनीकरणका लागि कानुनी प्रावधान लगायतका विषयमा छलफल गरिएको शक्ति समूहकी संस्थापक सदस्य चरिमाया तामाङले जानकारी दिइन्।

पछिल्लो समय शिक्षा, स्वास्थ्य, प्रकोप, रोजगारीका निहुमा पुरुषहरु शारीरिक, मानसिक र यौन हिंसाको सिकारमा पर्दै गइरहेको, अझ त्यसमा पनि साना बालक र किशोर अवस्थाका युवाहरू बढि रहेको उनले बताइन्। बोइज इनिसिएटिभका सुर्खेत जिल्ला फोकल पर्सन वीरेन्द्र सोडारीले धेरै अधिकार महिलालाई दिँदा पुरुषको अधिकार खोसिएको, महिलालाई खुलेर बोल्ने अधिकार छुट भएको तर पुरुषलाई कानुनी रुपमा, सामाजिक रुपमा अधिकार विहीन बनाइएको, नाम सार्वजनिक गर्दा महिलाको हकमा परिवर्तित नाम भनेर फोटो हटाएर सार्वजनिक गर्ने तर पुरुषको सम्पूर्ण विवरण सार्वजनिक गर्ने विषय गम्भीर रहेकाले त्यसतर्फ सबै सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।

त्यस्तै काहीँ कतै पुरुषको अप्राकृतिक मैथुन, रोजगारीका लागि विदेशिएका पुरुषको श्रीमती अन्यत्र गएकाले मानसिक सिकार भएकोले आत्महत्या समेत गरेको विषय सुनिए पनि पारिवारिक, सामाजिक मान्यताका कारण वा पुरुष भएकै कारण त्यस्ता घटना बाहिर नल्याउने वा कानुनी रुपमा नआएको उच्च सरकारी वकिल कार्यालय सुर्खेतका लक्ष्मीनारायण दाहालले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतकी मनु आचार्यले समाजिक सञ्जालमा पत्नी पीडित सङ्घ भनेर देख्दा हाँसोको विषय जस्तो लागे पनि पछिल्लो समय पुरुषमा पनि मानसिक स्वास्थ्यमा विकराल समस्या देखिएको र अव्यक्त स्वभावले गर्दा आत्महत्याको घटना बढेको बताइन्। गोष्ठीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुवासकुमार खड्काले पुरुष हिंसाको विषयमा कानुनी प्रावधान केही पनि नभएको तर घटनाको विषय प्रशासन मार्फत आयो भने कानुन बनाउन सहज हुने बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुट थापाले केही महिनाअघि हनि ट्रयाप र नक्कली बिहेका कारण प्रभावित पुरुषलाई न्याय दिएको घटनासँगै यस्ता खालका विषय आएमा कानुनी समाधानका लागि अग्रसर हुने बताए । कार्यक्रममा गैर सरकारी संस्था महासंघ, शिक्षा क्षेत्र, विभिन्न खाले संघसंस्था, सामाजिक विकास मन्त्रालय आदिबाट २५ जना बढीको सक्रिय उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *