• कार्तिक १८, २०८२
  • No Comment
  • 89

सुर्खेतमा ट्राफिक प्रहरीले सडकका खाल्डाखुल्डी आफैं पुर्दै

सुर्खेत। सुर्खेतकाे वीरेन्द्रनगरमा ट्राफिक प्रहरीले सडकका खाल्डाखुल्डी आफैं मर्मत गरेको छ। जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रोहित कुमार शाहीको नेतृत्वमा खटिएको टोलीले मंगलबार बिहान सडकका खाल्डाखुल्डीहरू पुर्दै मर्मत कार्य सम्पन्न गरेको हो।

१० जनाको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–७ स्थित कालिन्चोकदेखि इत्राल खोला पुलसम्मको सडक खण्डमा रहेका खाल्डाखुल्डीहरू मर्मत गरेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ।
पुरानो र जीर्ण बन्दै गएको उक्त सडक खण्डमा दैनिक सवारी आवागमनका क्रममा दुर्घटनाको जोखिम बढेको थियो। ट्राफिक प्रहरीले आफ्नै पहलमा मर्मत कार्य गरेपछि स्थानीयवासीले प्रसंसा गरेका छन्।
प्रहरी निरीक्षक शाहीका अनुसार, “सडकका कारण हुने दुर्घटना न्यूनीकरण र सर्वसाधारणको आवागमन सहज बनाउन यो पहल गरिएको हो।”
ट्राफिक प्रहरीको यस कार्यले जनताप्रति उत्तरदायित्व र सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धता झल्काएको भन्दै स्थानीयले धन्यवाद दिएका छन्।

सम्बन्धित खबर

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

२४ कात्तिक । नेपालको कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रलाई संस्थागत रूप दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको…
स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने…
बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

काठमाडौँ – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना छोरालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१५, किमडोल बस्ने गोरखा चुमनुब्री…

Leave a Reply

Your email address will not be published. Required fields are marked *