• कार्तिक १८, २०८२
  • No Comment
  • 183

सुर्खेतमा ट्राफिक प्रहरीले सडकका खाल्डाखुल्डी आफैं पुर्दै

सुर्खेत। सुर्खेतकाे वीरेन्द्रनगरमा ट्राफिक प्रहरीले सडकका खाल्डाखुल्डी आफैं मर्मत गरेको छ। जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक रोहित कुमार शाहीको नेतृत्वमा खटिएको टोलीले मंगलबार बिहान सडकका खाल्डाखुल्डीहरू पुर्दै मर्मत कार्य सम्पन्न गरेको हो।

१० जनाको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–७ स्थित कालिन्चोकदेखि इत्राल खोला पुलसम्मको सडक खण्डमा रहेका खाल्डाखुल्डीहरू मर्मत गरेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ।
पुरानो र जीर्ण बन्दै गएको उक्त सडक खण्डमा दैनिक सवारी आवागमनका क्रममा दुर्घटनाको जोखिम बढेको थियो। ट्राफिक प्रहरीले आफ्नै पहलमा मर्मत कार्य गरेपछि स्थानीयवासीले प्रसंसा गरेका छन्।
प्रहरी निरीक्षक शाहीका अनुसार, “सडकका कारण हुने दुर्घटना न्यूनीकरण र सर्वसाधारणको आवागमन सहज बनाउन यो पहल गरिएको हो।”
ट्राफिक प्रहरीको यस कार्यले जनताप्रति उत्तरदायित्व र सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धता झल्काएको भन्दै स्थानीयले धन्यवाद दिएका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *