• कार्तिक १८, २०८२
  • No Comment
  • 134

कुलमानविरुद्ध हितेन्द्रको रिटमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं, कार्तिक १८। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज (मंगलबार) सुनुवाइ हुने भएको छ।

शाक्यले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्दै आफूलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा निरन्तरता दिन माग गरेका छन्। रिट दर्ता भएपछि सर्वोच्च अदालतले आजको मितिमा पेशी तोकेको हो।

शाक्यले रिटमा उल्लेख गरेका छन्, “मलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको थियो, तर कार्यकाल बाँकी रहँदै सरकारले अवैधानिक रूपमा हटाएको छ।” उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः कार्यकारी निर्देशकका रूपमा काम गर्न अनुमति दिन माग गरेका छन्।

पछिल्लो समय जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका उर्जामन्त्रीले कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि हितेन्द्र शाक्यलाई ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेको थियो।

शाक्य दोस्रोपटक २०८१ साल चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। यसअघि २०७७ सालमा पनि उनी सोही पदमा कार्यरत थिए। तर सरकारले चालू वर्षको असोज ५ गते शाक्यलाई हटाएर मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

नेपाल विद्युत प्राधिकरणमा कुलमान र हितेन्द्रबीचको नेतृत्व परिवर्तनको विवाद पछिल्ला वर्षहरूमा पटक–पटक दोहोरिँदै आएको छ। कहिले कुलमानलाई हटाएर हितेन्द्रलाई, त कहिले हितेन्द्रलाई हटाएर कुलमानलाई नियुक्त गर्ने सरकारी निर्णयहरूले प्राधिकरणको स्थायित्वमा प्रश्न उठाउँदै आएको छ।

सर्वोच्च अदालतले आज हुने प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *