• कार्तिक १८, २०८२
  • No Comment
  • 146

खाली पेटमा के खाने ? के नखाने ? हेर्नुहाेस

काठमाडौं । बिहान उठ्नेबित्तिकै के खाने भन्ने द्विविधामा धेरै मानिसहरू पर्छन्। कतिपयले खाली पेटमा जस्तोसुकै खानेकुरा पनि सेवन गर्छन्, तर स्वास्थ्य विशेषज्ञका अनुसार सबै खानेकुरा बिहान खाली पेटमा उपयुक्त हुँदैनन्। गलत खानेकुराको सेवनले शरीरलाई कमजोर बनाउने, पेटसम्बन्धी समस्या र अम्लपित्त (एसिडिटी) बढाउने खतरा रहन्छ।
स्वास्थ्यविद्हरूका अनुसार “खाना हाम्रो शरीरका लागि इन्धन हो, तर इन्धन पनि ठीक समयमा र ठीक किसिमको हुनुपर्छ।” त्यसैले बिहान खाली पेटमा के खानु उपयुक्त हुन्छ र के नखानुहोस् भन्नेबारे विशेष ध्यान दिन जरुरी छ।

खाली पेटमा खानुहोस् यी खानेकुरा
१. अण्डा:
अण्डा प्रोटिनको उत्कृष्ट स्रोत हो। यसमा भिटामिन ए, डी, बी–१२, फस्फोरस र फोलेट जस्ता तत्व पाइन्छन्। बिहान अण्डा खानाले शरीरलाई ऊर्जाशील बनाउँछ, दिमाग तिखार्छ र आँखाको ज्योति बढाउँछ।
२. मेवा (Papaya):
मेवा उत्कृष्ट सुपरफूड मानिन्छ। बिहानको खाजामा मेवा सेवन गर्दा कोलेस्ट्रोल घटाउन, पाचन सुधार गर्न र मुटु स्वस्थ राख्न मद्दत गर्छ।
३. भिजेको बदाम:
राति भिजाइएको बदाम बिहान खाली पेटमा खानु अत्यन्त फाइदाजनक हुन्छ। यसमा पाइने ओमेगा–३, फाइबर र एन्टिअक्सिडेन्टले मस्तिष्क र हृदयलाई स्वस्थ राख्छ। ध्यान दिनुपर्ने कुरा — बदामको बोक्रा निकालेर मात्र खानुहोस्।
४. ओट्स (Oatmeal):
कम क्यालोरी र उच्च पोषणयुक्त ओटमिल तौल नियन्त्रणका लागि पनि उपयुक्त छ। यसले पेट लामो समयभर भरिएको महसुस गराउँछ र एनर्जी पनि दिन्छ।
५. स्याउ:
बिहानको समयमा एउटा स्याउ खानाले शरीरलाई आवश्यक भिटामिन सी, एन्टिअक्सिडेन्ट र फ्लाभोनोइड प्रदान गर्छ। यसले पाचन प्रणालीलाई सक्रिय राख्छ र दिनभर ताजगी महसुस गराउँछ।

खाली पेटमा कहिल्यै नखानुहोस् यी खानेकुरा
१. टमाटर:
काँचो टमाटरमा पाइने एसिडिक गुणले खाली पेटमा सेवन गर्दा पेटभित्रको ग्यास्ट्रिक एसिडसँग प्रतिक्रिया गर्छ। यसले पेट दुख्ने, जलन र अम्लपित्तको समस्या निम्त्याउँछ।
२. दही:
दही स्वास्थ्यका लागि फाइदाजनक भए पनि खाली पेटमा खानु उचित छैन। यसमा हुने ल्याक्टिक एसिडले पेटको एसिड सन्तुलनमा असर गर्छ, जसले पाचन कमजोर बनाउँछ।
३. सोडा:
सोडामा पाइने उच्च कार्बोनेट एसिडले पेटको अम्लसँग मिसिँदा ग्यास, जलन र पेट दुख्ने समस्या ल्याउँछ। त्यसैले बिहान वा बेलुकी खाली पेटमा सोडा पिउनु हुँदैन।
४. सुठुनी (Persimmon):
सुठुनीमा पेक्टिन र टेनिन नामक तत्व हुन्छन्, जसले खाली पेटमा सेवन गर्दा ग्यास्ट्रिक समस्या, पेट दुखाइ र टाउको दुख्ने समस्या निम्त्याउँछ।

स्वास्थ्य विशेषज्ञहरू भन्छन् — “बिहानको पहिलो खानेकुरा शरीरका लागि दिनको आधारशिला हो।” त्यसैले बिहान खाली पेटमा पोषक र हल्का खाना (जस्तै–अण्डा, मेवा, भिजेको बदाम, ओट्स, स्याउ) सेवन गर्नुहोस् र अम्लीय वा कडा पदार्थहरू (टमाटर, दही, सोडा, सुठुनी) बाट टाढा रहनुहोस्।
स्वस्थ खानपानले मात्र होइन, समयमै खानाले पनि स्वास्थ्य सन्तुलन कायम रहन्छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *