• कार्तिक १७, २०८२
  • No Comment
  • 196

दोलखाको रोल्वालिङ क्षेत्रमा हिमपहिरो : ३ जनाको मृत्यु, ८ जना बेपत्ता

दोलखा, कात्तिक १७ — दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ क्षेत्रस्थित यलुङरी हिमालको आधार शिविर नजिक आज बिहान गएको हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन्। मृतकमध्ये एक जना विदेशी नागरिक र दुई जना नेपाली पथप्रदर्शक रहेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार आरोहणका लागि गएका १५ जना विदेशीसहित स्वदेशी पथप्रदर्शकको टोली बिहान करिब ९ बजे हिमपहिरोमा परेको थियो। उद्धार कार्य जारी रहेकाले बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्ने जनाइएको छ।

गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष निमगेली शेर्पाले बिहानैदेखि उद्धारका लागि आग्रह गरे पनि प्रशासनबाट ढिलाइ भएको गुनासो गरेका छन्। उनका अनुसार रोल्वालिङ क्षेत्र प्रतिबन्धित क्षेत्र भएकाले हेलिकप्टर उडानका लागि अनुमति लिन ढिलाइ हुँदा उद्धारमा समस्या भएको हो।

प्रहरीका अनुसार हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि घटनास्थलतर्फ गइरहेका छन्। हेलिकप्टरमार्फत उद्धार प्रयास भइरहेको भए पनि प्रतिकूल मौसमका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भइरहेको जनाइएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *