• कार्तिक १७, २०८२
  • No Comment
  • 160

एमालेले मंसिर २७ गते नेपालको इतिहासकै ठूलो जनसभा गर्ने पोखरेलको घोषणा

काठमाडौँ, कात्तिक १७ — नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मंसिर २७ गते नेपालको इतिहासमै सबैभन्दा ठूलो जनसभा गर्ने घोषणा गरेका छन्।

सोमबार पत्रकारहरुसँगको अन्तरक्रियामा पोखरेलले उक्त जनसभाले नेपाली जनता कसको साथमा छन् भन्ने स्पष्ट पार्ने दाबी गरे। उनले जनताको समर्थन शान्ति, विकास र स्थायित्वका पक्षमा रहेको भन्दै हिंसा, अराजकता र लुटपाटको राजनीति जनताले अस्वीकार गर्ने बताए।

उनका अनुसार एमालेले चरणबद्ध रूपमा जनसंगठन विस्तार र जनसम्पर्क कार्यक्रम सञ्चालन गर्दैछ।
“कात्तिक २२ गते देशभरका सबै वडामा जनभेला, २५ गते पालिकामा जन¥याली, २९ गते जिल्लास्तरमा र मंसिर ६ गते काठमाडौँ उपत्यकामा सभा गर्दैछौँ,” पोखरेलले भने, “त्यसपछि मंसिर २७ गते काठमाडौँमा नेपालको इतिहासमै सर्वाधिक ठूलो जनसभा गर्नेछौँ।”

पोखरेलका अनुसार उक्त जनसभाले एमालेको जनसमर्थनको शक्ति देशभर प्रदर्शन गर्नेछ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *