• कार्तिक १७, २०८२
  • No Comment
  • 83

एमालेले मंसिर २७ गते नेपालको इतिहासकै ठूलो जनसभा गर्ने पोखरेलको घोषणा

काठमाडौँ, कात्तिक १७ — नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले मंसिर २७ गते नेपालको इतिहासमै सबैभन्दा ठूलो जनसभा गर्ने घोषणा गरेका छन्।

सोमबार पत्रकारहरुसँगको अन्तरक्रियामा पोखरेलले उक्त जनसभाले नेपाली जनता कसको साथमा छन् भन्ने स्पष्ट पार्ने दाबी गरे। उनले जनताको समर्थन शान्ति, विकास र स्थायित्वका पक्षमा रहेको भन्दै हिंसा, अराजकता र लुटपाटको राजनीति जनताले अस्वीकार गर्ने बताए।

उनका अनुसार एमालेले चरणबद्ध रूपमा जनसंगठन विस्तार र जनसम्पर्क कार्यक्रम सञ्चालन गर्दैछ।
“कात्तिक २२ गते देशभरका सबै वडामा जनभेला, २५ गते पालिकामा जन¥याली, २९ गते जिल्लास्तरमा र मंसिर ६ गते काठमाडौँ उपत्यकामा सभा गर्दैछौँ,” पोखरेलले भने, “त्यसपछि मंसिर २७ गते काठमाडौँमा नेपालको इतिहासमै सर्वाधिक ठूलो जनसभा गर्नेछौँ।”

पोखरेलका अनुसार उक्त जनसभाले एमालेको जनसमर्थनको शक्ति देशभर प्रदर्शन गर्नेछ।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *