• कार्तिक १३, २०८२
  • No Comment
  • 135

आजकाे माैसम : केही ठाउँमा भारी वर्षाको सम्भावना

बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव नेपालमा देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी बिहीबारदेखि शनिबारसम्म कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि आगामी तीन दिन विभिन्न नदीहरूमा आकस्मिक बहाव बढ्ने चेतावनी दिएको छ। बिहीबार कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही जिल्ला हुँदै बग्ने नदीहरूमा आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएको छ। त्यस्तै शुक्रबार र शनिबार पनि यी प्रदेशका साना नदीहरूमा पानीको सतह अचानक बढ्ने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आगामी तीन दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई उद्धृत गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपात र कोशी, मधेश, बागमती तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

प्राधिकरणले अत्यावश्यक नभएसम्म यात्रा नगर्न, प्रभावित हुन सक्ने नदी किनारका बासिन्दालाई सतर्क रहन, साथै धान तथा अन्य बाली नकाट्न र काटिसकिएको भए तुरुन्त भित्र्याउन आग्रह गरेको छ।

सतर्कता नअपनाइए ठूलो जनधनको क्षति हुन सक्ने भन्दै सम्बन्धित निकाय र स्थानीय तहलाई पनि प्राधिकरणले आवश्यक तयारी र पूर्वसावधानी अपनाउन निर्देशन दिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *