- कार्तिक ११, २०८२
- No Comment
- 147
सुर्खेतमा २ ग्राम ६५० मिलिग्राम ब्राउनसुगर सहित १ जना पक्राउ

सुर्खेत। सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.०३ स्थितमा लागूऔषध (ब्राउनसुगर) सहित एक जना पक्राउ परेका छन । साेमबार लागुअाैषधकाे कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयूक्त प्रहरी टोलीले पक्राउ गरेकाे हाे
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा जिल्ला बाँके खजुरा गाउँपालिका वडा नं.०८ स्थायी घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ०३ निवासी २३ वर्षिय सद्दाम हुसेन खाँ रहेका छन ।
प्रहरीका अनुसार उनलाई शंकास्पद अवस्थामा फेला पारी निजको शरिर तथा घर कोठा खानतलासि गर्दा निजको साथबाट शुद्द २ ग्राम ६५० मिलिग्राम (दुई ग्राम छ सय पचास मिलिग्राम) लागूऔषध ब्राउनसुगर बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई मुद्दा दर्ता गरी म्याद थप भई थप अनुसन्धान भईरहेको ।



