- अशोज २८, २०८२
- No Comment
- 24
मोरङमा पारिवारिक विवादपछि श्रीमतीले काटिदिइन् श्रीमानको गोप्य अंग

मोरङ, असोज २८ । मोरङको कटहरी गाउँपालिका–२ मा पारिवारिक विवादका क्रममा एक महिलाले आफ्नै श्रीमानको गोप्य अंग काटिदिएकी छन्।
मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार जहदा गाउँपालिका–३ निवासी ३० वर्षीया महिलाले आफ्ना ३२ वर्षीय श्रीमानसँगको विवादपछि धारिलो हतियार प्रयोग गरी लिंग काटिदिएकी हुन्। घटना सोमबार राति घटेको हो।
घटनापछि गम्भीर घाइते भएका ती पुरुषलाई तत्काल उपचारका लागि कोशी अस्पताल, विराटनगर लगिएको प्रहरीले जनाएको छ। अस्पतालका चिकित्सकका अनुसार पीडितको गोप्य अंग आधा भागसम्म छिनिएको छ र हाल उनको अवस्था स्थिर भए पनि गम्भीर मानिएको छ।
प्रहरीले घटनामा संलग्न महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा वैवाहिक विवादकै कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ।