• अशोज २८, २०८२
  • No Comment
  • 102

मोरङमा पारिवारिक विवादपछि श्रीमतीले काटिदिइन् श्रीमानको गोप्य अंग

मोरङ, असोज २८ । मोरङको कटहरी गाउँपालिका–२ मा पारिवारिक विवादका क्रममा एक महिलाले आफ्नै श्रीमानको गोप्य अंग काटिदिएकी छन्।

मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार जहदा गाउँपालिका–३ निवासी ३० वर्षीया महिलाले आफ्ना ३२ वर्षीय श्रीमानसँगको विवादपछि धारिलो हतियार प्रयोग गरी लिंग काटिदिएकी हुन्। घटना सोमबार राति घटेको हो।

घटनापछि गम्भीर घाइते भएका ती पुरुषलाई तत्काल उपचारका लागि कोशी अस्पताल, विराटनगर लगिएको प्रहरीले जनाएको छ। अस्पतालका चिकित्सकका अनुसार पीडितको गोप्य अंग आधा भागसम्म छिनिएको छ र हाल उनको अवस्था स्थिर भए पनि गम्भीर मानिएको छ।

प्रहरीले घटनामा संलग्न महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा वैवाहिक विवादकै कारण घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *