- अशोज ९, २०८२
- No Comment
- 31
कर्णाली सहित ७ वटै प्रदेशका संयोजकद्वारा गृहमन्त्रीलाई समस्या जानकारी

असाेज ९। सातै प्रदेशका संयोजकहरूले गृहमन्त्री ॐ प्रकाश अर्याललाई भेट गरी प्रदेशस्तरीय समस्याबारे जानकारी दिएका छन्। भेटका क्रममा संयोजकहरूले हालैका घटनाक्रम, आन्दोलनका प्रभाव र स्थानीय जनताले भोगिरहेका चुनौतीबारे जानकारी गराएका हुन्।
संयोजकहरूले विशेषगरी आन्दोलनका क्रममा मृत्यु भएका परिवार र घाइते परिवारलाई न्याय दिलाउनुपर्ने माग गरेका छन्। साथै, आन्दोलनमा सहभागी व्यक्तिहरुलाई अनावश्यक रूपमा पक्राउ नगरी छानबिन समितिको निर्णयअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
भेटमा उनीहरूले मुलुकका विभिन्न ठाउँमा आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउन र शान्तिपूर्ण वातावरण सिर्जना गर्न सरकारलाई अनुरोध गरेका छन्।