• अशोज १, २०८२
  • No Comment
  • 49

धनगढीको सडक ‘जेनजी मार्ग’ नामकरण हुने

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जेनजी आन्दोलनमा भएको बलिदान र योगदानको सम्मानस्वरूप धनगढी पार्क अगाडिको सडकलाई ‘जेनजी मार्ग’ नामकरण गर्ने घोषणा गरेका छन् । मेयर हमालले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जीवन गुमाउनेहरूको बलिदान इतिहासमा मात्र सीमित नभई युवाहरूको मुटुमा दीप बनेर सदैव जलिरहने उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले धनगढी उपमहानगरपालिका–१ अन्तर्गत जोशी मेडिकल चोकदेखि पार्क मोड, कबर्ड हल हुँदै शहीद गेट–क्याम्पस रोड छुने सडकसम्मलाई ‘जेनजी मार्ग’ नामकरण गर्ने जानकारी दिएका छन्। सो सडक क्षेत्रमा उपमहानगरपालिकाले महिला उद्यम बजार सञ्चालन गर्दै आएको छ ।

हमालका अनुसार उक्त सडकलाई नामकरण गर्न कार्यपालिका बैठकमा प्रस्ताव पेस गरिने छ। साथै, सो क्षेत्रमा ‘जेनजी मार्ग’ नाम प्रयोग गर्न सम्पूर्ण नगरवासीलाई अपीलसमेत गरेका छन् । न्याय, अधिकार र परिवर्तनका लागि जीवन अर्पण गर्नेहरूको साहस हामी सबैका लागि प्रेरणाको ज्योति बनेर सदैव चम्किरहनेछ,” मेयर हमालले भने । भदौ २३ गतेको आन्दोलनलाई मेयर हमालले खुला समर्थन जनाएका थिए। आन्दोलन अघि र विद्यार्थीको मृत्यु भएपछि उनले भिडियो सन्देशमार्फत आन्दोलनलाई समर्थन र सरकारी दमनको कडा विरोध गरेका थिए।धनगढीका सरकारी कार्यालय र मन्त्रालयहरूमा तोडफोड भए पनि मेयर हमालको समर्थनका कारण उपमहानगरपालिकाको भवन र वडा कार्यालयहरू सुरक्षित रहेका थिए ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *