- भदौ १२, २०८२
- No Comment
- 152
इन्टरपोलबाट रेड नोटिस जारी भएका सुनार कुवेतमा पक्राउ

सुर्खेत । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’मार्फत ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२, सप्तरी समाझिङ्घाका कृष्ण सुनार कुवेतमा पक्राउ परेका छन्।
कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा उनलाई पक्राउ गरी बुधबार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
सुनारलाई कानूनी कारबाहीका लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ।



